सिद्दर्थनगर । लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात जितेका छन् ।
बुधबार भएको फाइनल खेलमा भारतको पंजावका कालिचिता पहलवानलाई हराउँदै थापा पहिलो भएका हुन् । कालिचिताले दोस्रो स्थानमा चित्त बुझाए ।
पहिलो स्थान हात पारेका थापाले २५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पंजावकै अशोक पहलवान तेस्रो भए । विरगंजका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुन सफल भएका हुन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।
मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो । कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij