एसईई परीक्षामा प्रदेश ५ बाट ८१ हजार परीक्षार्थी सहभागी
एसईई परीक्षामा प्रदेश ५ बाट ८१ हजार परीक्षार्थी सहभागी
1.3K
SHARES
चैत्र ५,बुटवल । बिहीबारदेखि सुरु हुन गइरहेको यसवर्षको एसईई परीक्षामा प्रदेश ५ का १२ वटा जिल्लाबाट नियमित, प्राविधिक र ग्रेड बृद्धि गरि ८१ हजार भन्दा बढी परिक्षार्थी सहभागी हुने भएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा निर्देशनालय स्रोतका अनुसार प्रदेशभर नियमिततर्फ ७६ हजार ६ सय १८ जना परिक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै प्राविधिकतर्फ २ हजार १ सय ३१ जना र ग्रेड वृद्धितर्फ २ हजार ६ सय ५२ सहित कुल ८१ हजार ४ सय १ जना विद्यार्थी सहभागि हुने भएका हुन् । प्रदेशभर कुल ३ सय २१ केन्द्र रहनेछन् । सहभागी परीक्षार्थी मध्ये दृष्टिविहीन छात्रा ४ र छात्र ५ सहित ९ जना सहभागी हुनेछन् । बहिरातर्फ छात्रा ५ र छात्र ८ गरी १३ जना सहभागी हुनेछन् । शारीरिक अपाङ्गता भएका छात्रा १०, छात्र १४ जना परीक्षामा सहभागी हुनेछन् । प्रदेश ५ का १२ वटा जिल्लाका सामूदायिक र संस्थागत गरी कुल १ हजार ६ सय ६८ वटा विद्यालयहरु यस वर्षको एसईई परीक्षामा सहभागी हुनेछन् । जस मध्ये सामुदायिक विद्यालय १ हजार ७ वटा सहभागी हुने छन् । जसमा छात्र २७ हजार ८ सय ४२ जना सहभागी हुनेछन् ।
छात्रा २२ हजार ७ सय ९ जना सहभागी हुनेछन् । सामूदायिकतर्फ कुल ६० हजार ५ सय ५४ जना सहभागी हुनछन् । संस्थागत बिद्यालय तर्फ ६ सय ६१ वटा विद्यालय सहभागी हुनेछन् । जसमा छात्र ११ हजार ८ सय ९१ सहभागी हुनेछन् । छात्रा ८ हजार ९ सय ५६ जनासहित कुल २० हजार ८ सय ७४ जना सहभागी हुनेछन् ।
सामाजिक विकास मन्त्रालय, शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरैले जिल्लास्तरमा परीक्षा मर्यादित , अनुशासित र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा परीक्षा अनुगमन समिति गठन भइसकेको छ ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त केन्द्रगत परीक्षार्थी विवरण अनुसार ३ सय २१ व्वटै परीक्षा केन्दमा आवश्यक उत्तरपुस्तिकाहरु निर्देशनालयबाट सम्बन्धित जिल्लाहरुमा पठाइसकिएको छ ।
त्यस्तै प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुर्याइसकिएको छ । आवश्यक रकम पनि शिक्षा विकास तथा समन्व्य इकाईमा पठाइएको छ ।
निर्देशक गैरैले प्रदेशका ३ सय २१ केन्द्राध्यक्ष, ४ सय ११ सहायक केन्द्राध्यक्ष, ४ हजार ७० जना निरीक्षक , ८ सय १४ जना परीक्षा सहायक , १ हजार ६ सय २८ जना कार्यालय सहयोगी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी ४ हजार ८ सय १५ सुरक्षाकर्मीसहित १२ हजार ५९ जना जनशक्ति प्रत्यक्ष रुपमा खटिने छन् । परीक्षाका अनुगमन प्रदेश र स्थानीय तहले गर्ने छन् ।
कुन जिल्लामा कति ?
नवलपरासी– जिल्लामा २२ परिक्षा केन्द्रमा प्रविधिक नियमित तर्फ १ सय १३ जना, साधारणनियमित तर्फ ५ हजार ८ सय ८९ जना, जम्मा नियमित ६ हजार २ जना र ग्रेड बृद्धि तर्फ १ सय २ जना सहित कुल ६ हजार १ सय ४ जना परिक्षार्थी सहभागी हुने भएका छन् ।
पाल्पा– जिल्लामा २६ परिक्षा केन्द्रमा प्रविधिक नियमिततर्फ ३ सय ७२ जना, साधारण नियमिततर्फ ४ हजार ४ सय ९८ जना, जम्मा नियमित ४ हजार ८ सय ७० जना, ग्रेड बृद्धि १ सय ९४ जना सहित कुल ५ हजार ६४ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् ।
गुल्मी– जिल्लामा पनि २६ केन्द्र रहनेछन् । जहाँ प्राविधिक नियमित तर्फ १ सय ५१ जना , साधरण नियमित तर्फ ४ हजार ४ सय ७८ जना, जम्मा नियमति ४ हजार ६ सय २९ जन, ग्रेड बृद्धि ७४ जनासहित कुल ४ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी हुनेछन् ।
अर्घाखाँची– जिल्लामा ६५ परीक्षा केन्द्रमा प्रािवधिक नियमिततर्फ ६५ जना, साधरण नियमित तर्फ ३ हजार २ सय ६५ जना, जम्मा नियमित ३ हजार ३ सय ३० जना ग्रेड बृद्धि ९७ जनासहित कुल ३ हजार ४ सय २७ जना परिक्षार्थी सहभागी हुनेछन् ।
रुपन्देही– जिल्लामा ५६ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ ३ सय ९९ जना, साधारण नियमित तर्फ १६ हजार ५ सय ३७ जना, जम्मा नियमति १६ हजार ९ सय ३६ , ग्रेड बृद्धितर्फ १ सय ४० जना कुल १७ हजार ४ सय ३० जना सहभागी हुनेछन् ।
कपिलवस्तु– जिल्लामा २९ परिक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ १ सय ९१ जना , साधारण नियमित तर्फ ६ हजार ८ सय ४१ जना, जम्मा नियमति ७ हजार ३२ जना , ग्रेड बृद्धि तर्फ ४ हजार ४ सय ४२ जना कुल ७ हजार ४ सय ७४ जना सहभागी हुने छन् ।
रोल्पा– जिल्लामा १८ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ ९८ जना, साधारण नियमिततर्फ ३ हजार २ सय ८० जना , जम्मा नियमित ३ हजार ३ सय ७८ जना , ग्रेड बृद्धि तर्फ ४ हजार ४ सय ४२ जना कुल ३ हजार ५ सय १८ जना सहभागी हुनेछन् ।
प्युठान– जिल्लामा १७ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ ६५ जना, साधारण नियमिततर्फ ३ हजार ९ सय ५१ जना, जम्मा नियमति ४ हजार १६ जना, ग्रेड वृद्धितर्फ १ सय ३९ जना कुल ४ हजार १ सय ५५ जना सहभागी हुनेछन् ।
दाङ्ग– जिल्लामा ४५ परिक्षा केन्द्रमा प्राबिधिक नियमित तर्फ ३ सय ९ जना, साधारण नियमित तर्फ १२ हजार २ सय १० जना, जम्मा नियमति १२ हजार ५ सय १९ जना, ग्रेड बृद्धि तर्फ ३ सय ४ सय ३९ जना कुल १२ हजार ८ सय २३ जना सहभागी हुनेछन् ।
बाँके – जिल्लामा ३३ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ १ सय ८० जना, साधारण नियमित तर्फ ८ हजार ६ जना , जम्मा नियमति ८ हजार १ सय ८६ जना , ग्रेडबृद्धि तर्फ ३ सय ५५ जना सहित कुल ८ हजार ५ सय ४१ जना सहभागी हुने छन् ।
बर्दिया – जिल्लामा ३३ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ १ सय ५२ जना र साधारण नियमिततर्फ ६ हजार ६ सय ९७ जना सहभागी छन् । यस्तै ग्रेड बृद्धि तर्फ २ सय ३९ जनासहित कुल ७ हजार ८८ जना सहभागी हुने छन् ।
रुकुम पूर्व – जिल्लामा ६ परीक्षा केन्द्रमा प्राविधिक नियमिततर्फ ३६ जना, साधारण नियमिततर्फ ९ सय ६६ जना, जम्मा नियमित १ हजार २ जना, ग्रेड बृद्धि तर्फ ७२ जना सहित कुल १ हजार ७४ जना सहभागी हुनेछन् ।