मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पुष २६ देखि देवदहमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने

पुष २६ देखि देवदहमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    पुष २६ देखि देवदहमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने
    images
    images
    images

    देवदह । देवदहमा अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने भएको छ । मंगलबार देवदहमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था देवदह कराँते डो एकेडेमीले  पुष २६ देखि २८ सम्म गौतमबुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता-२०२३ गर्न लागेको जानकारी दिएको हो । 

    देवदह नगरपालिकाका नगरप्रमुख धुर्ब प्रसाद खरेल समेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमबुद्ध अन्तराष्ट्रिय कराँते प्रतियोगिता आयोजक मुल समितिका संयोजक दिपक चापागाईंले लुम्बिनी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रियस्तरको प्रतियोगीता आयोजना गरिएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६५ लाख बढी खर्च लाग्ने बताउंदै चापागाईंले देवदहको गौरबको रूपमा प्रतियोगितालाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । 

    images
    images
    images

    कार्यक्रमबारे थप प्रष्ट पार्दै देवदह कराँते डो एकेडेमीका अध्यक्ष शोभाखर पन्तले प्रतियोगितामा ७ देशबाट एक हजार बढी खेलाडी सहभागी हुने जानकारी दिए। नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, भुटान र क्यानाडाका खेलाडीहरूको एक सय टिम प्रतियोगीतामा सहभागी हुने र प्रति टिम १८ जना प्रतियोगी रहने अध्यक्ष पन्तले बताए। प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क राखिएकॊ उक्त प्रतियिगीतामा सहभागीलाई खाने र बस्ने व्यवस्थापन आयोजकले मिलाउने अध्यक्ष पन्तको भनाई छ ।

    २५ देखि ८५ किलो तौल समुहमा महिला र पुरुष दुवै तर्फ प्रतियोगी सहभागी हुने बताउंदै आयोजकले प्रतियोगीतामा बिजेतालाई  प्रमाण पत्र, मेडल, शिल्ड र नगद पुरस्कार दिईने जनाएको छ। 

    पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खरेलले देवदहमा अन्तराष्ट्रियस्तरको  कराँते प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले प्रतियोगीतालाई सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।  प्रतियोगीतामा सहभागी प्रतिस्पर्धी, रेफ्री लगायतलाई खानपान र बसोबासको राम्रो व्यवस्था गर्न निर्देशन दिंदै प्रमुख खरेलले सुरक्षाको विषयलाई समेत ख्याल गर्न र पालिकासंग आवश्यक समन्वय गर्न आयोजकलाई आग्रह गरे। पाहुनालाई सकेसम्म नेपाली खाना र त्यसमा पनि सम्भव भएसम्म देवदहमा उत्पादन भएको खाना खुवाउन र देवदहको संस्कृति र पर्यटनसंग प्रतियोगीतालाई जोड्न सके त्यसले थप योगदान दिनसक्ने उनको भनाई छ।  

    संस्थाका पदाधिकारी र विभिन्न उपसमितिका सदस्यहरू समेत उपस्थित पत्रकार सम्मेलको संचालन दिपेश विक्रम मल्लले गरेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij