सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिर्थ पुन र राममाया बुढालाई देवदह हाफ म्याराथनको उपाधि

तिर्थ पुन र राममाया बुढालाई देवदह हाफ म्याराथनको उपाधि

सुरज भट्टराई

images
  • 669
    SHARES

  • images
    images
    images
    तिर्थ पुन र राममाया बुढालाई देवदह हाफ म्याराथनको उपाधि
    images
    images
    images

    सुरज भट्टराई, देवदह । रुपन्देही जिल्लाको देवदहमा देवदह हाफ म्याराथन २०७९ सम्पन्न भएको छ। लियो क्लब अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिका र प्रदेश खेलकुद परिषदको सहयोगमा उक्त हाफ म्याराथन सम्पन्न भएको हो। सो हाफ म्याराथनमाको दुरी ५४ मिनट ३० सेकेन्डमा पूरा गर्दै काठमाडौंका तिर्थ पुन पहिलो भएका हुन्। प्रतियोगितामा ३ सय ६७ जनाले सहभागीता जनाएका थिए।

     

    images
    images
    images

    325490978_426468069634911_2473129898177210543_n.jpg

     

    ५५ मिनटमा दुरि पूरा गरेका बैतडीका मोहन देव जोशी दोश्रो स्थान हासिल गरे भने ५६ मिनट २९ सेकेन्डमा पूरा गर्दै लमजुङका राम्झी बस्नेत तेश्रो भएका हुन्। 

    त्यसैगरी हाफ म्याराथन महिलातर्फ प्रथम भएकी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घन्टा १६ मिनट २० सेकेन्डमा दुरि पूरा गरेकी हुन्। १ घन्टा १६ मिनट ३५ सेकेन्डमा पूरा गर्दै दोलखाकी अञ्जु खड्का दोश्रो र बुटवल मोतिपुरकी रक्षा थापा श्रीसले १ घन्टा ३२ मिनट ५० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन्।

    कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले खेल जीवनको अमुल्य अङ्ग रहेको बताउनुभयो। खेलकुदले  सकारात्मक सन्देश प्रवाह गर्ने हुदा खेलकुद क्षेत्रलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो। उहाले जनप्रतिनिधि तथा सबै सरोकारवालाले खेलकुद विकासको लागि विमर्श गर्नु पर्ने बताउनुभयो। साथै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी बन्नुहोस् भन्ने शुभकामना समेत दिनुभएको थियो।

     

    327894195_907287767109639_3247598869715521744_n.jpg

    देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले देवदहलाई प्रयटकियको हव रुपमा विकास गर्ने बताउनुभयो। उहालाई देवदह नगरपालिका देवदहलाइ विश्व सामु चिनाउने उद्देश्य साथ हिडेको बताउनुभयो। उहाले देवदहका पर्यटकिय स्थलको विकाशमा लियो क्लबले सहयोग गरेको र देवदहको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

    कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद सदस्य जय प्रकाश भट्टराईले म्याराथन सिटि एक्सपोजर हो र यसले देवदहको पर्यटकीय स्थलको अवलकन भएको बताउनुभयो। साथै प्रदेश परिषदले लुम्बिनी म्याराथन गर्ने तयारी गरेको हुदा लियो क्लब अफ लर्ड बुद्धलाई सो म्याराथन सफल बनाउन पनि आवश्यक सहयोगको अपेक्षा गरेको बताउनुभयो।

    म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र ,१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र १० हजार सहित टर्फी, मेडल र प्रमाणपत् क्रमशः पाएका थिए। 

     

    327728616_683696980173129_556985482654722880_n.jpg

     

    खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन खैरेनी बुद्ध चोक बाट सुरु भै पिपलडाडा, पाकडी, शान्तिनगर चोक, शित्तलनगर चोक, मायादेवी पार्क, टटेर, भवानिपुर (बुद्धको मावली घर), विजयपुर, नगरपालिकाको भवन हुँदै, लोकेश्वर मन्दिर र पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो। क्लबका अध्यक्ष लियो राहुलदेव सापकोटा अध्यक्षता,पुर्व अध्यक्ष लियो लायन गोपाल पाण्डेको स्वागत र संस्थापक अध्यक्ष लियो लायन दिपेश मल्लको सञ्चालनमा भएको थियो। देवदह हाफ म्याराथनको संयोजक क्लबका उपाध्यक्ष लियो विवेक कार्कीले गर्नुभएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij