विपद व्यस्थापनमा देवदह नगरपालिकाको एक करोडको कोष ,आज वाट पसल पनि पूर्ण रुपमा बन्द
विपद व्यस्थापनमा देवदह नगरपालिकाको एक करोडको कोष ,आज वाट पसल पनि पूर्ण रुपमा बन्द
5.6K
SHARES
चैत्र १२ ,देवदह। विपद व्यवस्थापनको लागि देवदह नगरपालिकाले न्युनतम एक करोडको कोष खडा गरि विपद व्यवस्थापनमा उपयोग गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।नगरपालिका भित्रका ६५ जना जनप्रतिनिधिको एक महिनाको मासिक तलब अनिबार्य रुपमा जम्मा गरि उक्त कोष खडा गरिएको हो ।
साथै उक्त कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५CA५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।
बेलुका ४ बजे देखि ६ बजे सम्म पसल खोलि सामान किनबेचको लागि छुट गरिएको भए पनि अर्को सूचना नआउन्जेल सम्मको लागि त्यो सेवा समेत बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।अति आवश्यक सेवा भने २४ घण्टा खुल्ला रहने छ ।नगरपालिकाले जारि गरेको नियमको पालना नगरे कडा कारबाही समेत गरिने जानकारी दिएको छ ।
महामारीको रुपमा फैलिएको कोभिड१९ अर्थात् कोरोना भाइरस नेपालमा हाल सम्म ३ जनालाई देखिएकोमा एक जना निको भैसकेका छन् भने दुइ जनाको उपचार भैरहेको छ ।विश्व भर यसको संक्रमण बढिरहेको छ भने २० हजारले ज्यान गुमाईसकेका छन् ।