कतार वाट आएका देवदहका युवाको अवस्था सामान्य ,१४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाब
कतार वाट आएका देवदहका युवाको अवस्था सामान्य ,१४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाब
9.2K
SHARES
निर्मल एसपी मगर
चैत्र १३ ,देवदह।कतार बाट चैत्र ५ गते नेपाल आएका देवदहका युवाको अवस्था अहिले सामान्य रहेको देवदह नागारपलिकाका प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभएको छ।कतार एअरवेज क्युआर ६०४ बाट देवदह नगरपालिका वडा नम्बर सातका ३८ बर्षिय देवेन्द्र सोमई नेपल फर्किएका थिए । हाल उनि घरमै रहेको र स्वस्थ्य अवस्था पनि सामान्य रहेको कारण घरमै सुरक्षित तरिकाले रहन आग्रह गरिएको स्वस्थ्य पर्शन काशिनाथ बन्जाडेले गुरास अनलाइन जानकारी दिनु भयो ।परिवारका अन्य सदस्यलाई पनि सतर्क रही कुनै समस्या अथवा संकास्पद लक्षण देखिए तुरुन्त खबर गर्न आग्रह गरिएको बन्जाडेले जानकारी दिनु भयो ।
देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले टोल बिकास सस्था र अध्यक्ष ज्यु हरुको सक्रियतामा कोरोना संक्रमण भएको मुलुकबाट आएका ब्यक्तिहरुको बिबरण प्राप्त गरिसकेको र पहिलो चरणमा सम्बन्धित ब्यक्ति र परिवारलाइ १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र निगरानीमा समेत राखीने गुरास मिडियालाई जानकारी दिनुभएको छ ।साथै कसैलाई रुघा खोकी र १०४ डिग्री भन्दा बढी ज्वोरो आउने तथा स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त ९८४७०२७४३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेको र हाल सम्म २२ हजार बढीले ज्यान गुमाइसकेका छन ।नेपालमा ३ जनामा संक्रमण देखिएकोमा १ जना निको भैसकेका छन् भने २ जनाको उपचार भैरहेको छ ।
र यो पनि
देवदह नगरपालिकाले खादा गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।