सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विपद व्यवस्थापन कोषमा देवादहका बिभिन्न संघ सस्था द्वारा सहयोग प्रदान

विपद व्यवस्थापन कोषमा देवादहका बिभिन्न संघ सस्था द्वारा सहयोग प्रदान

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    विपद व्यवस्थापन कोषमा देवादहका बिभिन्न संघ सस्था द्वारा सहयोग प्रदान
    images
    images
    images

    चैत्र १५ ,देवदह।देवदह नगरपालिकाले विपद व्यवस्थापनको लागि स्थापना गरेको कोषमा बिभिन्न संघ सस्थाले आर्थिक सहयोग गरेका छन ।
    त्यस्तै देवदहको शितलनगरमा निर्माण भएको अस्थाई क्वारेनटाइनका लागि बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    जस अन्तर्गत स्वतन्त्र भुतपुर्व शैनिक कल्याणकारी परिवार देवदहले कोरोना भाइरसको प्रकोपबाट हुन सक्ने सम्भाभित जोखिम कम गर्न देवदह नगरपालिकाद्वारा अगाडि सारिएको कोषमा स्वतन्त्र भुतपुर्व शैनिक कल्याणकारी परिवारका अध्यक्ष खुम बहादुर सिंह ठकुरी द्वारा रु ११,१११/- (अक्षरुपि एघार हजार एक सय एघार)को चेक देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

    त्यस्तै सामाजिक सस्था लायन्स क्लब अफ देवदहले लायन्स क्लब अफ देवदहका कोषाध्यक्ष लायन बिष्णु प्रसाद ज्ञवाली द्वारा रु २१,१११ एक्काईस हजार एक सय एक्काइसको चेक देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

    रुपन्देहीको देवदहमा निर्माण भएको क्वारेनटाइनका लागि देवदह उद्योग वाणिज्य संघले सुरक्षा सामाग्री (पि.पि.ई) प्रदान गरेको छ । शनिबार क्वारेनटाइनमा पुगेर देवदह उद्योग वाणिज्य संघका पदाधिकारीहरुले चौधरी फाउण्डेशनबाट प्राप्त ३ थान पिपिई देवदह नगरप्रमुख हिरा बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन ।

    र यो पनि
    देवदह नगरपालिकाले खादा गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।

    90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • शनिवार, चैत्र १५ २०७६०३:०२:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij