सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

महामाया भवानी माविको ५२ औं बार्षिकोत्सव

महामाया भवानी माविको ५२ औं बार्षिकोत्सव

images
  • 287
    SHARES

  • images
    images
    images
    महामाया भवानी माविको ५२ औं बार्षिकोत्सव
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयले ५२औं बार्षिकोत्सव मनाएको छ। बिहिबार एक कार्यक्रमबीच विद्यालयले ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । 

    बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले गुणस्तरीय र व्यवसायीक शिक्षा आजको आवश्यकता रहेको बताए । उनले भने, "हामी अझै पनि बोर्डिङसंग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । सामुदायिक विद्यालयलाई निजिसंग प्रतिस्पर्धा गर्ने तहमा विकास गर्न सबै सामुदायिक विद्यालयका शिक्षकहरुले अनिवार्य रुपमा आफूले पढाउने विद्यालयमा आफ्ना छोराछोरी पढाउनु पर्छ।"

    images
    images
    images

    देश र समाजलाई योगदान पुर्याउने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको औल्याउंदै प्रमुख खरेलले २१औं शताब्दीको विज्ञान र प्रविधिको युगमा शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सक्ने बताए। उनले भने, "हामी हाम्रो नगरलाई कसरी शिक्षित नगर बनाउन सकिन्छ भन्नेमै जोड दिईरहेका छौं। त्यसकालागि आवश्यक भौतिक पुर्वाधारसंगै शिक्षाको गुणस्तरलाई पनि उकास्नु पर्छ भन्नेतर्फ शिक्षकहरूले ध्यान दिनुपर्ने देखिन्छ । 

    कार्यक्रममा देवदह नगरपालिका शिक्षा अधिकारी उप-सचिव टिकाराम शर्मा, वडा नम्बर ४ का वडाध्यक्ष दमन रेग्मी, नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, सगरमाथा आवासिय माविका प्राचार्य कृष्णप्रसाद पौडेल लगायतले बोलेका थिए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सो अवसरमा विद्यालयका पुर्व व्यवस्थापन समिति, अक्षयकोष स्थापनाकर्ता, शिक्षक-विद्यार्थीहरुलाई सम्मानसंगै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij