काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ ।
राम्रो ब्याटिंग गरिरहेका कुशल मल्ल ३२ बलमा ३२ रन बनाएर आउट भएका हुन्। तेस्रो विकेटका रुपमा कप्तान रोहित कुमार पौडेल आउट भएका थिए । रोहित आर्यन लाक्राको बलमा आउट भएका हुन् ।नेपालले अहिले १५ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।
पौडेलले ५ बलमा १ रन बनाए । यस अघि नेपालका दुई ओपनर ज्ञानेन्द्र मल्ल र आसिफ शेख आउट भएका थिए ।मल्ल २६ बलमा ११ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
आसिफले १४ बल खेलेर ६ रन बनाएर आउट भएका थिए । क्रिजमा भिम सार्की र दिपेन्द्र सिङ्ग एरि रहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी।सीले मौका पाएका छन् ।प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij