सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विश्वकप लिग–टू : युएईमाथि नेपाल ४२ रनले विजयी

विश्वकप लिग–टू : युएईमाथि नेपाल ४२ रनले विजयी

images
  • 276
    SHARES

  • images
    images
    images
    विश्वकप लिग–टू : युएईमाथि नेपाल ४२ रनले विजयी
    images
    images
    images

    काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईलाई पराजित गरेको छ ।

    नेपालले दिएको २३० रनको लक्ष्य पछाएको युएई ४५ ओभरमा अल आउट हुदै १८७ रन मात्र बनाएपछि खेल नेपालले ४२ रनले जितेको हो । 

    images
    images
    images

    युएईका लागि आसिफ खानले सर्बाधिक ८२ रन बनाए भने अर्याँ लाक्राले ५० रन बनाएका थिए । त्यस्तै व्रितय अरविन्दले १३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यस्तै नेपाली बलर सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।

    नेपालका लागि भीम सार्कीले सर्बाधिक ७० रन बनाएका थिए । भीमले आरिफ र सन्दीपसँग ५६-५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुर्याएका थिए ।

    त्यस्तै नेपालका सन्दीप लामिछाने २७ रन बनाए भने कुशल मल्लले ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेखले ६ रन, ज्ञानेन्द्र मल्लले ११ रन, दिपेन्द्र सिंह ऐरीले ४, करण केसीले १७ रन  बनाएर आउट भएका थिए ।

    त्यस्तै आरिफ सेखले अविजित ४३ रन बनाए भने प्रतिस जिसीले अविजित ११ रन बनाएका थिए ।

    त्यस्तै युएईका बलर जुनैद सिद्धिकीले सर्बाधिक ३ विकेट लिए भने रोहन मुस्तफा र आर्यन लक्राले २-२ तथा कार्थिक मेईयाप्पनले एक विकेट लिएका थिए ।

    यो जितपछि नेपाल आसिसी विश्वकप लिग-२ मा युएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ भने युएईको ३२ खेलमा ३१ अंक रहेको छ ।

    अब नेपाल, युएई र पीएनजीकै त्रिकोणीय सिरिज आगामी विहिबारदेखि काठमाडौँमा हुने छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij