अनेरास्वबियुद्वारा सस्तो तरकारी पसल संचालन ,सर्बसाधारण उत्साहित
अनेरास्वबियुद्वारा सस्तो तरकारी पसल संचालन ,सर्बसाधारण उत्साहित
2.8K
SHARES
चैत्र २१ देवदह ।अनेरास्वबियुले रुपन्देहिको देवदहमा आज देखि सस्तो तरकारी पसल संचालनमा ल्याएको छ । कोरोना भाईरसको जोखिमका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा बजारमा तरकारीको मुल्य महँगो भैरहेको अवस्थामा सर्बसाधारणलाइ राहत होस् भन्ने उद्देश्यले तरकारी पसल संचालनमा ल्याएको हो ।
भोलि चैत्र २२ गते देखि बिहान ८ बजे देखि खैरेनी चोकमा र साझ शितलनगर र सम्भव भए देवदहका ६ नम्बर चोकमा समेत सस्तो पसल संचालन गर्न लागेको अनेरास्ववियु देवदाहले जानकारी दिएको छ ।
यो पढ्नुहोस देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।