सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिलोत्तमा गोल्डकप : फ्रेन्ड्सलाई पराजित गर्दै मनाङ्ग मर्स्याङ्गदी फाइनलमा

तिलोत्तमा गोल्डकप : फ्रेन्ड्सलाई पराजित गर्दै मनाङ्ग मर्स्याङ्गदी फाइनलमा

images
  • 262
    SHARES

  • images
    images
    images
    तिलोत्तमा गोल्डकप : फ्रेन्ड्सलाई पराजित गर्दै मनाङ्ग मर्स्याङ्गदी फाइनलमा
    images
    images
    images

    काठमाडौं । मनाङ्ग मर्स्याङ्गदी क्लब रुपन्देहीमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै मनाङ्ग फाइनलमा पुगेको हो ।

    images
    images
    images

    निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाको निर्धारण पेनाल्टी सुटआउटमार्फत गरिएको हो । पेनाल्टी सुटआउटमा मनाङ्गले बाजी मार्यो ।

    यसअघि खेलको शुरुवाती छैठौं मिनटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा शुरुवाटी अग्रता दिलाएका थिए ।

    २५ औं मिनटमा लक्ष्मण रुचालले गोल गरेपछि फ्रेन्ड्स २-० ले अघि रहेको थियो । पहिलो हाफको हाफको इन्जुरी समयमा आशिष गुरुङ्गले गोल गर्दै मनाङ्गलाई खेलमा फर्काएका थिए ।

    त्यसपछि खेलको ४७ औं मिनटमा मनाङ्गका प्रशान्त श्रेष्ठले गोल गरेपछि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

    मनाङ्गले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम ११ सँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम ११ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई १-० गोलले हराएर फाइनलमा पुगेको थियो ।

    दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।

    यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।

    त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij