सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा

भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा

images
  • 347
    SHARES

  • images
    images
    images
    भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा
    images
    images
    images

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।

    खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध गराएको पासमा दीपकले हेडमार्फत गोल गरे ।

    images
    images
    images

    दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो । उनले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए ।त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो । भुटानले पहिलो पटक नेपालसँग बराबरी खेलेको हो ।

    नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी भुटानसँग पहिलो पटक बराबरी खेलेको हो ।यस अघिको १२ भेटमा नेपालले १२ खेलमै जित निकालेको थियो ।यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ ।

    अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ ।नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।लाओसले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।भुटान १ अंक जोडेर घर फर्किएको छ ।खेलमा उत्कृस्ट प्रदर्शन गर्दै आयुष घलान म्यान अफ ड म्याच हुन् सफल भए। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij