अस्थायी क्वारेन्टाईन देवदहको टोल फ्री.न.आज वाट सुचारु
अस्थायी क्वारेन्टाईन देवदहको टोल फ्री.न.आज वाट सुचारु
2.2K
SHARES
चैत २६,देवदह ।देवदह नगरपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका बिरामीहरु राख्नको लागि निर्माण गरिएको अस्थायी कोरोना क्वारेन्टाईन केन्द्रमा आज वाट टोल फ्री नम्बर सुरु गरिएको छ । संक्रमणको लक्षण देखिएमा अथवा क्वारेन्टाईन केन्द्रको बिषयमा जानकारी लिनु परेमा उक्त नम्बरले सहयोग पुग्ने नगरपालिकाले जानकारी दिएको छ ।
हाल क्वारेन्टाईनमा देवदह २ पेतबनियाका १९ रबि राय रहेको क्वारेन्टाईनका कर्मचारीले जानकारी दिएका छन् ।राय ३ दिन अघि भारत वाट नेपाल आएका हुन् ,उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।उनलाई १४ दिन क्वारेन्टाईनमा राखिने छ ।
देवदह नगरपालिका अस्थायी कोरोना क्वारेन्टाईन केन्द्रको टोल फ्री. न . १६६०७१५२००३
यो पढ्नुहोस
देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।,