सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा एकैदिन २८ जनाकाे मृत्यु ,कोरोनाबाट मर्नेकाे संख्या १७८ पुग्याे

भारतमा एकैदिन २८ जनाकाे मृत्यु ,कोरोनाबाट मर्नेकाे संख्या १७८ पुग्याे

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    भारतमा एकैदिन २८ जनाकाे मृत्यु ,कोरोनाबाट मर्नेकाे संख्या १७८ पुग्याे
    images
    images
    images

    काठमाडाैं, २७ चैत ।

    कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले अनुसार बिहीबार बिहानसम्म भारतमा मृत्यु हुनेकाे संख्या १७८ पुगेकाे छ ।

    images
    images
    images

    भारतमा पछिल्लो २४ घण्टामा मात्रै २८ जनाकाे ज्याए गएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेकाे संख्या १५० पुगेकाे थियाे ।
    अहिलेसम्म भारतमा ५ हजार ९१६ जना काेराेना संक्रमित भएका छन् । जसमा ६०५ जना भने बुधबार मात्रै संक्रमित भएका हुन् । बुधबार बिहानसम्म कुल संक्रमितकाे संख्या ५ हजार ३११ थियाे

    भारतमा कुल संक्रमितमध्ये ५०६ जना उपचारपछि निको भएका छन् । बाँकी ५ हजार २३२ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

    १२० हटस्पट सील

    कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १६ औँ दिन हो । २१ दिने लकडाउन जारी रहँदा त्यहाँका केही राज्यहरुले कडा कदम चालेका छन् ।

    कोरोना भाइरसका संक्रमितको संख्यामा बढोत्तरी हुने क्रम नरोकिएपछि भारले दिल्ली र नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश (युपी ) काे एक सयभन्दा बढी हटस्पट सील गरेकाे छ ।

    दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाका अनुसार कोरोनाका पोजेटिभ रिपोर्ट आएका क्षेत्रलाई सील गरिएको हो । त्यहाँ २० हटस्पट इलाकामा कुनै पनि व्यक्ति आवतजावत गर्न पाउने छैनन्।

    उत्तर प्रदेशमा बुधबार राति १२ बजेदेखि लागू हुने गरी १५ जिल्ला सील गर्ने घोषणा त्यहाँको राज्य सरकारले गरेको हो। त्यस्तै, भारतको मध्य प्रदेश सरकारले पनि ठूलो फैसला लिएको छ । उक्त राज्यका तीन सहर इन्दौर, भोपाल र उज्जैनमा कोरोनाका संक्रमित बढ्न थालेपछि ती सहर सील गरिदिएको हो ।

    images
    images
    • बिहिवार, चैत्र २७ २०७६०५:००:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij