चैत २८,देवदह ।देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा बिभिन्न संघ सस्थाहरुले सहयोग दिने क्रम जारि रहेको छ ।बुद्ध सामुदायिक बन उपभोक्ता समुहले कोषलाई एक लाख एक हजार एक सय एघार रुपैया सहयोग गरेको छ ।बुद्ध सामुदायिक बनका अधक्ष्य टेक बहादुर राना लगायतको टिमले देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री ,उप प्रमुख बिद्या लक्ष्मी गुरुङलाइ चेक हस्तान्तरण गर्नु भएको थियो ।
यसै बीच विपद व्यवस्थापन कोषमा रोहिणी सामुदायिक बन उपभोक्ता समिति भलुहीले एकाउन्न हजार र चौतारी आमा समूहले दस हजार एक सय एघार रुपैया सहयोग गरेको देवदह नगरपालिकाले जानकारी दिएको छ ।
देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि
उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।





Copyright © All right reserved to Lumbini Pana Site By: Sobij