सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

वडा अध्यक्ष कप फुटवलको उपाधि बुटवल फुलबारी एफसीलाई

वडा अध्यक्ष कप फुटवलको उपाधि बुटवल फुलबारी एफसीलाई

images
  • 560
    SHARES

  • images
    images
    images
    वडा अध्यक्ष कप फुटवलको उपाधि बुटवल फुलबारी एफसीलाई
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह १० भलुहीमा भएको वडा अध्यक्ष सेभेन ए साइड  फुटवल  प्रतियोगिताको उपाधि बुटवल फुलबारी एफसीले  हात पारेको छ । 

    मंगलबार भएको बुटवल फुलबारी एफसी र देवदह खैरेनी सिद्धार्थ एफसी विच भएको फाइनल खेलमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसके पछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सिद्धार्थ एफसीलाई बुटवल फुलबारीले  १ को विरुद्ध ३ गोल गरि विजयी भएको हो । 

    images
    images
    images

    पुरस्कार वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एक बहादुर सुनारले खेल मानिसको लागि अति आवश्यक रहेको हुदा आगामी दिनहरुमा पनि यस्ता खेल हुनु पर्ने बताए। आगामी आर्थिक वर्षमा पनि खेल क्षेत्रमा 
    वजेट विनियोजित गर्ने वडा अध्यक्ष सुनारको भनाई थियो। फुटवल मात्र होइन भलिबल व्याटमिन्टन लगायतका खेलमा विशेष जोडका साथ बजेट विनियोजित गर्ने प्रमुख अतिथि समेत रहेका सुनारले  बताए ।

    देवदह नगरपालिका वडा नम्बर १० ले आर्थिक वर्ष ७९, ८० को विनियोजित रकम २ लाख रुपैया बुद्ध स्पोर्ट क्लवलाई खेलको लागि बजेट विनियोजित गरेको थियो ।प्रतियोगितामा २७ टिमको सहभागि रहेको थियो । प्रथम हुनेले नगत ५० हजार र दोस्रो हुनेले ३० हजार रकम पुरस्कार पाएका थिए  । क्लबका अध्यक्ष दुध बहादुर पुन र संयोजक केशव पराजुलीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, जेठ १६ २०८०१०:०५:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij