बैशाख ४ ,देवदह।कोरोना भाइरस नियन्त्रणको लागि लक डाउन जारी छ।सरकारले लक डाउन जारी राख्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरु मर्कामा पर्दै गएका छन।
गन्तब्यमा पुग्न सयौ किलोमिटरको पैदल यात्रा गरिरहेका पैदल यात्रुको पीडालाई मध्यनजर गर्दै देवदहमा रहेको सस्था देवदह आध्यात्मिक प्रतिष्ठानले लौकेश्वर मन्दिर परिशरमा खानाको व्यवस्था गरेको छ ।
काठमान्डौ वाट पश्चिम क्षेत्र जान पैदल हिडिरहेका पैदल यात्रु तथा अन्य पिडितहरुको लागि खाना खुवाउने प्रबन्ध मिलैएको हो ।आज सम्म करिब ५०० बढी सर्बसाधारणलाइ खाना खुवाएको देवदह आध्यात्मिक प्रतिष्ठान रुद्रमान ढकालले जानकारी दिनुभएको छ ।
साथै बुटवल बर्दघाट सडक खण्डमा अल्पत्र अवस्थामा रहेका गन्तव्य सम्म पुग्न पैदल यात्रा गर्न बाध्य हुनुभएका यात्रुहरु कोहि भोकै रही अलपत्र परेको देख्नु भएको छ भने निम्नलिखित नाम र सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग गर्न समेत देवदह आध्यात्मिक प्रतिष्ठानले आग्रह गरेको छ ।
भरत तिवारी 9847045312
रुद्रमान ढकाल 9847026623
गोपाल ढकाल 9857022924
बिष्णु प्रसाद ज्ञवालि 9857036001
गणेश डुम्रे 9857033195

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij