पैदल यात्रुको लागि चरंगे युवा क्लबद्वारा खाजानास्ता सहित बसको व्यवस्था
पैदल यात्रुको लागि चरंगे युवा क्लबद्वारा खाजानास्ता सहित बसको व्यवस्था
6.5K
SHARES
निर्मल एसपी
बैशाख ७ ,देवदह।लामो समय देखि सामाजिक कार्यमा क्रियाशील चरंगे युवा क्लबले लक डाउनको समयमा अलपत्र परेका र गन्तब्यमा पुग्न हिडिरहेका यात्रुहरुको लागि खाजा नास्ता र जुत्ताको व्यवस्था गरेको क्लबका अधक्ष्य बिष्णु प्रसाद वाग्लेले जानकारी दिनु भएको छ ।
कोरोना संक्रमण रोकथामको लागि सरकारले लक डाउन जारी राख्दा दैनिक ज्यालादारी गरि खाने मजदुर समस्यामा परेका छन ।मजदुर र श्रमिकहरु आफ्नो गन्तब्यमा पुग्न खोजिरहेका छन ।लामो पैदल दुरी तय गरिरहेका श्रमिकको पिडालाइ मध्य नजर गर्दै क्लबले खाजा नास्ता खुलाउन सुरु गरेको बिश्वास गुरुङले जानकारी दिनुभएको छ ।
पहिलो दिन खाजा नास्ता र पानीको व्यवस्था गरको क्लबले दोस्रो दिन जुत्ता चप्पल र अलपत्र परेका सर्बसाधारणलाई गाडीको व्यवस्था गरिएको क्लबका अधक्ष्य बिष्णु प्रसाद वाग्लेले गुरास मिडियालाई जानकारी दिनुभएको छ।
अलपत्र परेका र लामो समय यात्रा गर्दा पिडित भएका यात्रुको लागि लक डाउन अवधिभर यो सेवा रहने सामाजिक कार्यमा क्रियाशील युवा बिश्वास गुरुङले जानकारी दिनुभयो।
यो पढ्नुहोस
देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।