सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कषि एम्बुलेन्स मार्फत तरकारी ढुवानी शुरु:मन्त्री पौडेलवाट शुभारम्भ

देवदहमा कषि एम्बुलेन्स मार्फत तरकारी ढुवानी शुरु:मन्त्री पौडेलवाट शुभारम्भ

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहमा कषि एम्बुलेन्स मार्फत तरकारी ढुवानी शुरु:मन्त्री पौडेलवाट शुभारम्भ
    images
    images
    images

    तिलोचन दहाल,देवदह।कृषकहरुले उत्पादन गरेका कृषि उपज संकलन गरेर बजारीकरण गर्नको लागि प्रदेश नं. ५ कृषि तथा सहकारी मन्त्रालयले सुरुवात गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामको लागि लक डाउन गरिएको समयमा कृषकले उत्पादन गरेका कृषि उपज बजार सम्म पु¥याउनको लागि प्रदेश नं. ५ मा ४४ वटा कृषि एम्बुलेन्स मार्फत कृषकलाई सहयोग गर्ने प्रदेश नं. ५ का भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो । स्थानीय तहमा रहेका कृषि बिकास शाखा र पशु सेवा शाखाको समन्वयमा कृषकले बोलाएको स्थान सम्म पुगेर बजार सम्म कृषि उपज पु¥याउन सहयोग गर्ने मन्त्री पौडेललले बताउनु भयो । रुपन्देहीको देवदह ११, गुमीमा कृषकहरुले उत्पादन गरेको कृषि उपज तरकारी कृषि एम्बुलेन्समा ढुवानीको लागि सुभारम्भ गर्दे उहाले उक्त कुरा बताउनु भएको हो । मन्त्री पौडेलले कृषकको खेत बारीमा उत्पादन भएका कृषि उपज संकलन गरेर बजार सम्म पु¥याएर उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्त्र गराउन प्रदेश सरकार निरन्तर लागि रहेने बताउनु भयो ।

    देवदह नगरपालिकामा तीनवटा ठूला ठूला तरकारी उत्पादनका पकेट क्षेत्रहरु रहेका छन् । तीनवटा पकेट क्षेत्र मध्ये देवदह ११ र १२ मा रहेको तरकारी पकेट क्षेत्रमा यो मौसममा तरकारी बढि उत्पादन हुने गरेको छ । देवदह ९ बुद्धनगरमा रहेको तरकारी कृषकहरु आफैले बजाररी करण गरिरहनु भएको छ । प्रदेशको स्मार्ट कृषि भिलेजको रुपमा बिकास गरिएको बुद्ध नगर क्षेत्रमा तरकारी धेरै उत्पादन भए पनि बजारीकारण गर्न सजिलो हुने गरेको छ । देवदह ६, सरनवारीमा रहेको तरकारी भने कृषकहरु आफैले बजारीकरण गरिरहेका छन् । यस क्षेत्रकै सबै भन्दा ठूलो अर्गानिक क्षेत्र रहेको सरनवारीमा लौरे सिमी सबै भन्दा धेरै उत्पादन हुने गरेको छ । अन्य क्षेत्रमा किसानहरुले तरकारी उत्पादन गरिरहे पनि पकेट क्षेत्रको रुपमा बिकास हुन सकेको छैन ।

    images
    images
    images

    देवदह नगरपालिकनले भारतीय बजारको तरकारी निशेध गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरे अनुसार तरकारी संकलन गरि बजारीकरणमा सहयोग गर्न प्रदेश संग समन्वय गरेर काम सुरु गरेको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो । स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु उचित मुल्यमा बजारीकरणको लागि देवदह नगरपालिकाले सधै सहयोग गर्ने नगर प्रमुख खत्रीले जोड दिनु भयो । सोही अवसरमा देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले कृषकका समस्याहरु समाधान गर्न देवदह नगरपालिका निरन्तर लागि रहने बताउनु भयो । उहाले देवदहलाई कृषि उत्पादनमा आत्मनिर्भर गराउन नगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गरिरहेको दावी गर्नु भयो ।
    देवदह नगरपालिकामा एक सय हेक्टर क्षेत्रफलमा बिभिन्न तरकारीहरुको खेती भईरहेको देवदह नगरपालिकाका कृषि शाखा प्रमुख अश्वनीप्रसाद शर्माले बताउनु भयो । हाल देवदहमा बन्दा, फूलगोबी, भण्टा, ब्रोकाउली, टमाटर, करेला, काँक्रा फर्सी, घिरौला लौका, बोडी, भिण्डी लगाएतका तरकारीहरु किसानहरुले उत्पादन गरिरहेको कृषि शाखा प्रमुख शर्माको भनाईरहेको छ । किसानको माग अनुसार हरेक दिन बिहान कृषि एम्बुलेन्सवाट तरकारी संकलन ढुवानी र बिक्रिबितरण गर्न अगुवाकृषकहरुलाई जिम्मेवारी दिने शर्माले जानकारी दिनु भयो ।
    देवदह ११ गुमीमा रहेको तरकारी संकलन तथा ढुवानी कार्यको सुभारम्भ कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, प्रदेश नं. ५, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रललयका कर्मचारीहरु,नेपनल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष प्रकनश अर्याल, देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपाने, वडा अध्यक्षहरु, कृषि शाखाका कर्मचारीहरु कृषक, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
    कृषकहरुले भने बजारीकरणको भन्दा पनि उन्नत वीउ, मल, बिषदी र कृषि सामाग्री पाउन नसकेको गुनासो गरेका थिइ । देवदह ११ का कृषक बैरागी मल्लाहले तरकारी खेती गर्न भनेर जोतेर राखेको ५ कट्ठा खेत वीउ नपाए पछि बाँझै छोड्नु परेको देखेसो पोख्नु भयो । वीउ र तरकारीमा प्रयोग गरिने डोरी भारतीय बजारवाट ल्याउनु पर्नेमा लक डाउन पश्चात बन्द भएकोले वीउ र आवश्यक सामाग्री ब्यवस्थापनको लागि सहयोग चाहिएको उहाले बताउनु भयो । सरकारले कृषिलाई सहयोग गर्ने हो भने कृषकको आश्यकताअनुसार सहयोग गर्नु पर्ने देखिन्छ ।

    images
    images
    • सोमवार, बैशाख ८ २०७७१२:२६:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij