वैशाख ८,देवदह ।देवदह आध्यात्मिक प्रतिष्ठानले काठमाडौँ बाट हिडेर आइपुगेका करिब दुइ सय जनालाई खान खुवाएको छ।काठमाडौँ लमजुङ्ग र काभ्रे वाट आएका श्रमिक मजदुरको टोलीलाई देवदहको लौकेश्वर मन्दिरमा खाना खुवाइएको हो ।
पैदल आएका सर्बसाधारण मजदुरहरु मध्य काठमाडौँ वाट सल्यान हिडेका मजदुरहरुले पानीकै भरमा हिडेर ४ दिनमा खैरेनी आइपुगेको बताए ।४ दिन भयो हाम्रो पेटमा अन्न परेको छैन ,१५ जनाको टोलीमा आएका उनीहरुले भावुक हुदै भने ।
दांग,सुर्खेत ,सल्यान र बाकेका मजदुरहरुलाई देवदहमा खाना खुवाएर प्रदेश सरकार स्थानीय तहले यातायातको व्यवस्था गरि प्रहरीको सहयोगमा गन्तब्य तर्फ पठाइएको थियो ।
यस सामाजिक कार्यमा सामाजिक व्यक्तित्वहरु रुद्रमान ढकाल ,सिपि शर्मा ,गोपाल प्रसाद ढकाल ,राजन अधिकारी ,भारत तिवारी लगायत थुप्रै सहयोगी मनहरुको सहभकिता रहेको थियो ।
त्यस्तै पैदल आएका अन्य १५० भन्दा बढी सर्बसाधारणलाइ प्रहरीको सहयोगमा देवदहको खैरनी वाट गाडी चढाई गन्तब्य तिर पठाइएको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महतले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij