सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाल आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा

नेपाल आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा

images
  • 322
    SHARES

  • images
    images
    images
    नेपाल आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा
    images
    images
    images

    काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुधबार तय भएको नेपाल र युएईविरुद्ध खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेतामा सिमित बनेको हो। 

    आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समिकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाडेका हुन् ।  समान ९/९ अंक भएपनि युएई रनरेटमा अघि रहेकाले समूह विजेता बन्न सफल भयो ।  नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ ।

    images
    images
    images

    आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ ।  सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।  तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

    शनिबार प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

    प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।  प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।​

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र २० २०८०१०:२५:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij