सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्मार्ट कृषि गाउ घोडाहा,निरन्तर कृषि उत्पादनमा

स्मार्ट कृषि गाउ घोडाहा,निरन्तर कृषि उत्पादनमा

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    स्मार्ट कृषि गाउ घोडाहा,निरन्तर कृषि उत्पादनमा
    images
    images
    images

    तेजेन्द्र के.सी.

    बैशाख १२ ,देवदह । कोरोनाभाइरसको संक्रमणबाट विश्वमै त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेका कारण सबैजसो मुलुकले सतर्कता अपनाइरहेका छन् ।
    एक महिनादेखि मुलुक लकडाउनमा छ । मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । शहरको जनजीवन पछिल्लो एक महिना घरमै सीमित भए पनि गाउँले जनजीवन खेतबारीमा रमाइरहेको देख्न सकिन्छ ।
    ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा लकडाउन कारण मानिसहरुको दैनिकी घरभित्र सीमित छ । सडकमा दिउँसोमा फाट्टफुट्ट सवारी सधान चले पनि बजार सुनसान देखिन्छ । बिहान–बेलुका अति आवश्यक सामान खरिद गर्न मानिसहरु घर बाहिर निस्कने गरे पनि शहर प्रायः ठप्प नै छ ।
    बुटवल ठप्प भएको बेला बुटवलबाट पूर्व १० किलोमिटर दुरीमा रहेको देवदहको घोडाहामा मानिसहरु आ–आफ्नै तालमा रमाइका छन् । उनीहरु कोरानोबाट जोगिन सतर्कता अपनाउँदै दैनिक नियमित गतिविधिलाई निरन्तरता दिएका छन् ।
    मुख्यमन्त्री ग्रामिण कृषि कार्यक्रमसँग जोडिएको घोडाहाका किसानहरु लकडाउनको बेला पनि खेतीपाती मै रमाईएको देखिन्छ ।
    राजमार्गसँग जोडिएको घोडाहा गाउँमा तरकारी खेतीलाई व्यावसायिक रुपमा अघि बढाएका गाउँलेहरु बजारकोसमेत समस्या नरहेको बताउँछन् ।

    images
    images
    images

    Capture.PNG

    देवदह खैरनी बजार र बुटवलमा यहाँका कृषि उपज खपत हुन्छन् । झण्डै १ सयको हाराहारीमा स्थानीयहरु अहिले तरकारी खेतीमा मस्त छन् ।देवदह नगरपालिका–९, घोडाहा, कालिका पथका ५५ वर्षीय शेरबहादुर कुँवर क्षेत्रीले ५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गरेका छन् । उनले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको १५ वर्ष भयो ।
    लकडाउनका कारण उनको दैनिकी खासै फेरिएको छैन । ‘कसैले फोन गरेर यति किलो टमाटर टिपिदिनु होला, म यति बजे आउँछु भन्छन्, कसैले फर्सी टिपिदिनु भन्छन्,’ उनले भने, ‘यस्तैमा दिन बित्छ, तरकारी गोडमेल गर्दा, टिप्दा, बेच्दा नै दिन जान्छ ।’
    पहिला कृषि उपज विक्रीका लागि बजार जानुपर्ने बाध्यता रहे पनि लकडाउनका कारण अहिले घरमै ग्राहक आउने गरेको किसानहरुको भनाइ छ ।

    समाजसेवी प्रेम थापा पनि लकडाउनले गाउँको जनजीवन खासै प्रभावित नभएको बताउँछन् । ‘शहरमा लकडाउनले मानिसहरु घरभित्रै छन्, यहाँ किसानहरु तरकारी बारीमा रमाएका छन्,’ उनले भने ।

    साभार

    images
    images
    • शुक्रवार, बैशाख १२ २०७७०३:०४:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij