निर्मल एसपी
वैशाख १८ देवदह ।नगरपालिकाले अहिले सम्म ४६ सय ९२ घरपरिवारलाई करिव १ करोड १० लाख बरावरको राहत प्रदान गरेको जानकारी दिएको छ ।बिपद व्यवस्थापन कोषमार्फत विपन्न, गरिब तथा दैनिक ज्यालादरी गरी जिविकोपार्जन गर्ने मजदुरलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ ।
बिपद ब्यवस्थापन समितिको बैठक मा नगरप्रमुख हिरा बहादुर खत्रीले उक्त जानकारी दिनुभएको हो ।नगर प्रमुख खत्रीले नगरपालिकाले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा अहिले १५ जना रहेको जानकारी गराउदै १० दिन नाघेकाको स्वाव टेष्ष्ट गरिदै आएको जानकारी दिनु भयो । लक डाउनको अवस्थामा देवदह क्षेत्रमा कालोबजारी हुन सक्ने संभावनालाई मध्यनजर गर्दै नियमित अनुगमन गरिरहेको जानकारी दिनु भयो । सोही अवसरमा बोल्ने वक्ताहरुले लक डाउनलाई पूर्ण पालना गर्न र गराउन स्थानीय जनप्रतिनिधि, विभिन्न राजनैतिक दल, समाजसेवीहरुले सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले अहिले खेतीपातीको समय आईरहेकोले किसानहरुलाई विउ विजन उपलव्ध गराउने गरी नगरपालिका अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।
विपद व्यवस्थापन समितिको बैठकमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ , नगरपालिकाका प्रबक्त्ता झिल्लुप्रसाद न्यौपाने, नेपाल कम्यूनिष्ट पार्टीका नगर अधक्ष्य प्रकाश अर्याल, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक दीपक महत क्षेत्री, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संघका गणेशकुमार खाती, वडाअध्यक्षहरु अमरबहादुर चौधरी, दामोदर क्षेत्री, पदम थापा लगायतले आ–आफना सुझावहरु राख्नु भएको थियो ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij