निर्मल एसपी
बैशख १८ देवदह।देवदह नगरपालिकाले भोलि बैशाख १९ गते देखि तरकारी खाद्यान्न तथा तरकारी जस्ता अति आवश्यक हुने पसल हरु बिहान ११ बजे देखि २ बजे सम्म मात्रै खोल्न दिने निर्णय गरेको छ ।पसलमा भिडभाड भएको कारण जोखिम बढेको कारण उक्त्त निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
आज बसेको नगर कार्यपालिका बैठकले १२ वटा वडा वाट ८६५०० किलो धानको बिउ माग भएको र किशान लाइ ५० प्रतिशत अनुदान सहित बिउ उपलब्ध गराउने गरि खरिद प्रक्रिया अघि बढाउने, लक डाउन खुकुलो भएको कारण कडाइ गर्नको लागि सुरक्षा निकायलाई गाडी उपलब्ध गराउने , क्रिकेट रंगशाला निर्माण्को लागि संघिय सरकार वाट आएको ४० लाख र नगरपालिकाको थप १२ लाख छुट्याई काम अघि बढाइने , कृषि उत्पादन ,दुध, कुखुरा , तरकारी , मत्स्यपालन, धान, गहु लगायत कृषि जन्य उत्पादनमा लक डाउनको कारणले भएको क्षेतिपुर्ति र बिशेष अनुदान यथासिघ्र घोषणा गर्न प्रदेश सरकार र संघिय सरकार संग पहल गर्ने लगायत निर्णय भएको नगरपालिकाका प्रबक्त्ता झिल्लु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij