निर्मल एसपी,देवदह। प्रदेश सरकारको सहयोगमा देवदह नगरपालिकामा संचलनमा आएको कृषि एम्बुलेन्स मा दुरुपयोग भएको भेतिए पछि कृषक समुहलेनै जिम्मेवारी दिएर चयन गरेका रुवास गुप्तालाई नगरपालिकाले जिम्मेवारी मुक्त गरेको छ।
प्रदेश नम्बर ५ , भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संयोजकत्वमा देवदह नगरपालिकाले प्राप्त गरेको कृषि एम्बुलेन्स दुरुपयोग भैरहेको मिडिया मार्फत आएपछि देवदह नगरपालिकाले यसबारे छानबिन गरेको थियो ।
छानबिनको क्रममा कृषकहरुबाट कृषक समुहले तोकेको मुल्यमा कृषि उत्पादन संकलन गर्ने र बजारमा चर्को मुल्यमा बिक्रि गरेको तथ्य पाइएकाले निजलाई देवदह नपाले तत्कालै उक्त जिम्मेवारी बाट हटाई कृषक समुहहरु सङ्ग समन्वय गरि कृषकहरु बाट नै भरपर्दो बिक्री प्रतिनिधि चयन गर्ने र निज रुवास गुप्तालाई कारवाहिको तयारी थालेको देवदह नगरपालिकाका प्रबक्त्ता झिल्लु प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।
साथै यो विपद्को घडिमा स्थानीय सरकार, संघ संस्था, टोल सुधार समिती र आम नागरिक सबैले सकारात्मक सोच लिएर हातेमालो कायम गरि कोरोना बिरुद्धको लडाईमा एक हुनको लागि समेत आग्रह गर्नुभएको छ । आज बाट पसल समेत ११ बजे देखि खोल्ने निर्णय भएको कारण सम्पूर्ण नगरबासीलाई निर्णयको पालना गरि सहयोग गर्न आग्रह गरिएको छ ।
साथै लक डाउनको उलंघन भैरहेको जानकारी प्राप्त भैरहेको र सम्पूर्ण नगरवासी लाइ पालना गर्न आग्रह गरिएको र यदि पालना नगरे कारबाहीको दायरामा ल्याइने समेत उहाले जानकारी दिनुभयो ।