बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गाइ काटेको आरोपमा देवदह वाट तिन जना पक्राउ

गाइ काटेको आरोपमा देवदह वाट तिन जना पक्राउ

images
  • 6.6K
    SHARES

  • images
    images
    images
    गाइ काटेको आरोपमा देवदह वाट तिन जना पक्राउ
    images
    images
    images

    बैशाख २४देवदह ।रुपन्देहिको देवदह भलुहीबाट गाइ काटेको आरोपमा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाई काटेर खाएको जाहेरीका आधारमा देवदह–१० भलुहीका तीन जनालाई पक्राउ गरीएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो ।

    पक्राउ पर्नेमा राम प्रसाद पराजुली, सुक बहादुर परीयार र प्रदिप पुन रहेको प्रहरीले बताएको छ । स्थानिय ज्ञान बहादुर केसीले राम प्रसाद पराजुलीलाई पाल्न दिएको माउ बाछी गाई हराए पछि खोज्दै जाँदा काटेर गाडेको अवस्थामा मंगलबार रोहीणी सामुदायिक बनमा फेला परेको थियो ।एउटा खाडलमा गाईको माउ र अर्को खाडलमा बाच्छीको टाउको, खुट्टा र भुंडि फेला परेको हो ।

    images
    images
    images

    यस अघि पनि देवदहका विभिन्न स्थानमा गाई काटेर खाने गरेको हल्ला चलेको थियो ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ ।पक्राउ परेका राम प्रसाद पराजुली विदेशबाट फर्केका व्यक्ति भएको बुझिएको छ ।

    images
    images
    • बुधवार, बैशाख २४ २०७७०५:४९:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij