बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अस्थाई क्वारेन्टाईन देवदहमा बसेकाहरुलाई योग प्रशिक्षण

अस्थाई क्वारेन्टाईन देवदहमा बसेकाहरुलाई योग प्रशिक्षण

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    अस्थाई क्वारेन्टाईन देवदहमा बसेकाहरुलाई योग प्रशिक्षण
    images
    images
    images


    बैशाख २४देवदह ।देवदह नगरपालिकाले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा वस्नेहरुलाई योग प्रशिक्षण संगै यूनिटी पावर बढाउने आयुर्वेदिक चिया प्रदान गरिएको छ । प्रदेश ५, सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगत लुम्विनी आयुर्वेद चिकित्सालय बुटवलले योग प्रशिक्षण संगै उक्त सामाग्री प्रदान गरेको हो ।
    लुम्विनी आयुर्वेद चिकित्सालय बुटवलका गणेश सापकोटाले बोल्दै दैनिक आयुर्वेद औषधी प्रयोग गर्न सके विश्वमा महामारीको रुपमा फैलिरहेको कोराना भाईरसबाट बच्न सकिनेमा जोड दिनु भयो । उहाले चिन र भारतमा प्रयोग गरेको र विश्व स्वास्थ्य संगठनले पनि प्रमाणित गरेको आयुर्वेद चियाले क्यारेन्टाईनमा वस्नेहरुले प्रयोग गरेमा यूनिटी पावर बढाउने दावी गर्नु भयो । उहाले आयुर्वेद अन्र्तगत गुहुची, अमला, वेसार, तुल्सी प्रयाग गर्न सके कोरोना भाईरस रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुदा दैनिक प्रयोग गर्न आग्रह गर्नु भयो ।

    उहाले भाईरस संक्रमणबाट बच्नको लागि खानपानमा परिवर्तन गर्न आवश्यक रहेको औल्याउनु भयो । यसैगरी लुम्विनी आयुर्वेद चिकित्सालय बुटवलका विष्णुहरी आर्चायले दैनिक योग गरेमा तनावमुक्त हुने हुदा क्वारेन्टाईनमा वस्नेहरुले योग गर्न आवश्यक रहेको बताउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले क्वारेन्टाईनमा विरामी नभई संक्रमण हुन सक्ने व्यक्तिहरु वस्ने भएकोले आत्मवल बढाउन आग्रह गर्नु भयो । उहाले क्वारेन्टाईनमा वस्ने बेलामा कुनैपनि समस्या भएमा तत्काल नगरपालिका वा स्वास्थ्य कर्मीहरुलाई जानकारी दिन आग्रह गर्नु भयो ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल, देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदम थापा, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, रामप्रसाद वस्याल लगायतको सहभागिता रहेको थियो ।
    देवदह साप्ताहिक वाट साभार गरिएको

     

    images
    images
    • बुधवार, बैशाख २४ २०७७०३:२६:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij