सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुद्ध पब्लिकले उचाल्यो 'प्याब्सन देवदह खेल महोत्सव'को उपाधी

बुद्ध पब्लिकले उचाल्यो 'प्याब्सन देवदह खेल महोत्सव'को उपाधी

images
  • 626
    SHARES

  • images
    images
    images
    बुद्ध पब्लिकले उचाल्यो 'प्याब्सन देवदह खेल महोत्सव'को उपाधी
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालन भएको तेश्रो प्याव्सन खेल महोत्सवको प्याव्सन रनिङ्ग शिल्ड देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उचाल्न सफल भएको छ ।

    महोत्सव अन्तर्गत देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले २ सय १३ अंकका साथ प्याव्सन रनिङ्ग जित्न सफल भएको हो । २०७९ मा भएको दोश्रो प्याव्सन खेल महोत्सवमा प्याव्सन रनिङ्ग शिल्ड समेत देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उचाल्न सफल भएको थियो । यसैगरी खेल महोत्सव अन्तर्गत २०३ अंकका साथ एशियनलाईट बोडिङ्ग स्कुल द्धितिय भएको छ भने १५५ अंकका साथ ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालय तृतिय हुन सफल भएको छ।

    images
    images
    images

    तेश्रो प्याव्सन खेल महोत्सवमा प्रथम स्थान हासिल गरेका देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद १५ हजार सहित शिल्ड प्राप्त गरेको छ । यसैगरी खेल महोत्सवमा द्धितिय हुने एशियनलाईट बोडिङ्ग स्कुलले नगद १२ हजार, शिल्ड र तृतिय हुने ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयले नगद ८ हजार सहित शिल्ड प्राप्त गरेको छ ।

    खेल महोत्सवमा १३७ अंकका साथ देवदह मदरटङ्गस एकेडेमी चौथो, १२६ अंकका साथ सेभेनस्टार बोडिङ्ग स्कुल पाचौ, १०५ अंकका साथ मदरल्याण एकेडेमी छैठो र ५६ अंकका साथ नारायणी पव्लिक स्कुल सातौ स्थान भएको छ । यसैगरी खेल महोत्सवमा सव जुनियर, जुनियर र सिनियर गरी ३ विद्यामा खेल खेलाईएको थियो । जस मध्ये सवजुनियर तर्फ ४५ अंकका साथ ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम, जुनियर तर्फ ७४ अंकका साथ देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम र सिनियर तर्फ ११७ अंकका साथ एशियनलाईट बोडिङ्ग स्कुल प्रथम भएको छ ।

    खेल महोत्सवमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सकिनेमा जोड दिनु भयो । उहाले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न कार्यक्रम अगाडि बढाएको दावी गर्नु भयो । उहाले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले नगर खेलकुद समिति गठन गरेर अगाडि बढाएको बताउनु भयो । उहाले शिक्षाको विकासको लागि नीजि विद्यालयहरुको अह्म भूमिका रहेको बताउदै शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत जोडनु पर्नेमा जोड दिनु भयो । उहाले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई कहिल्यै पनि विभेद नगरेको दावी गर्नु भयो ।

    प्याव्सन देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष गोविन्द ठड्राई, नगर शिक्षा समितिका सदस्य चक्रपानी तिवारी, अफिसियल प्रमुख अमृत काप्mले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । खेल संयोजक बोधराज गौडेलको धन्यवाद ज्ञापन र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij