सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा माघ १२ देखि प्रथम राष्ट्रपति रनिङ शिल्ड हुँदै

देवदहमा माघ १२ देखि प्रथम राष्ट्रपति रनिङ शिल्ड हुँदै

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहमा माघ १२ देखि प्रथम राष्ट्रपति रनिङ शिल्ड हुँदै
    images
    images
    images

    देवदह । देवदह नगरपालिकामा यहि माघ १२ देखि १४ गतेसम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

    राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी गराएको हो।

    images
    images
    images

    प्रतियोगिता देवदह नगरपालिकाको आयोजना र देवदह मा.वि को व्यवस्थापनमा हुने भएको हो । प्रतियोगिताका लागि हाल सम्म नगरपालिका भित्रका १५ सामुदायिक र १० संस्थागत गरी २५ वटा विद्यालय दर्ता भएको नगर प्रमुख तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक ध्रुव प्रसाद खरेलले बताए । 

    प्रतियोगितामा करिब १ हजार विद्यार्थीले सहभागी लिने नगर प्रमुख खरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

    प्रतियोगितामा भलिबल, कबड्डि, मार्सल आर्ट र एथलेटिक्स खेलहरु खेलाईने भएका छन् । मार्सल आर्ट तर्फ भने तेस्वान्दो र उसु खेलमा प्रतिस्पर्धाको लागि हालसम्म कुनै पनि विद्यालय दर्ता गराएका छैनन् ।

    प्रतियोगिता देवदह नगरपालिका – ७ मा रहेको देवदह मा.वि को प्राङ्गणमा हुनेछ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ ।

    प्रतियोगिता यहि माघ १२ गते एक कार्यक्रम बिच रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिएको संयोजक खरेलले बताए ।

    कार्यक्रममा देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, उप सचिव टिकाराम शर्मा, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डे, देवदह मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेल लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत पर्शुराम ढकालले गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij