देवदह । देवदहमा जारी प्रथम रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह माध्यमिक विद्यालयले उचालेको छ । माघ १२,१३ र १४ गते ३ दिन सम्म संचालन भएको प्रतियोगितामा देवदह माध्यमिक विद्यालयले १२ स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।
देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको छ ।
केरवानी मावि ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो । रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।
रनिङ शिल्ड प्रतियोगिताको समापन सत्र जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र नगर शिक्षा अधिकृत प्रशुराम ढकाल, इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij