बैशाख २६,देवदह ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केहि दिन अघि देवदहको भालुहिमा भएको गौहत्याको कडा रुपमा भ्रत्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देवदह नगर कमिटिका नगरअध्यक्ष माधब प्रसाद रिमालले हस्ताक्षर गरेको विज्ञप्तीमा गौहत्या गर्ने जो कोहि भए पनि कडा कारबाही गरिनुपर्ने उल्लेख छ ।
बर्तमान राजनीतिले आफ्नो सस्कार सस्कृति परम्परा रितिरिवाजलाइ दमन गरि बिदेशी सस्कृति दलाली गरेको छ ।बिबिधता भित्रको नेपालीपन हरेको भान भएको छ , विज्ञप्तीमा उल्लेख छ ।
गौ हत्या आरोपी तिन जनालाई प्रहरीले पक्राउ गरि थप कारबाहीको लागि अनुसन्धान गरिरहेको छ ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij