देवदह । संगम युवा क्लब देवदह ३ को आयोजनामा जारी दोस्रो संगम कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा तिलोत्तमा -८ लाई पराजित स्याङ्जा कालीगण्डकी फाइनलमा प्रवेश गरेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा तिलोत्तमा ८ लाई २५-२१, २०-२५, २४-२५, २५-२३, १५-१३ को सेटमा पराजित गर्दै स्याङ्जा कालीगण्डकी फाइनलमा प्रवेश गरेको हो ।त्यस्तै देवदह ५ र आयोजक कालो बिच भएको तेस्रो क्वाटर फाइनल खेलमा १७-२५, १७ -२५ को सोझो सेटमा पराजित गर्दै देवदह -५ सेमिफाइनलमा प्रवेश गरेको छ।
आजै भएको चौथो क्वाटरफाइनल खेलमा देवदह ७ शितलनगरले सुनवल -७ लाई २५-२३, २५-२३ को सोझो सेटमा पराजित गर्दै देवदह -७ शितलनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार देवदह- ५ र देवदह -७ बिच दोस्रो सेमिफाइनलको खेल हुने र विजयी हुने टिम कालीगण्डकी स्याङ्जा सङ्ग उपाधीको लागि भिड्नेछन् ।
संगम युवा क्लबको आयोजना, चाहाना आमा समुहको सह - आयोजना, देवदह नगर कार्यपालिकाको कार्यालय र देवदह नगरपालिका वडा नं ३ को सहयोगमा संचालित प्रतियोगितामा प्रथम हुने टिमले नगर रु ५०,५५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले नगद ३०,३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो हुने टिमले नगद १५,११५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक झविन्द्र थापाले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij