बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मानव सेवा आश्रम बुटवललाई देवः बिकास बैंकको खाद्यान्न सहयोग

मानव सेवा आश्रम बुटवललाई देवः बिकास बैंकको खाद्यान्न सहयोग

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    मानव सेवा आश्रम बुटवललाई देवः बिकास बैंकको खाद्यान्न सहयोग
    images
    images
    images

    बुटवल उपमहानगरपालिका वडा नम्बर ६ सुख्खानगरस्थित मानव सेवा आश्रमलाई देवः बिकास बैंकले १ लाख रकम बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । बैंकको बुटवल शाखा कार्यालयका प्रबन्धक राजन अधिकारीले उक्त राहत सामाग्री आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी (रुपा), कार्यक्रम संयोजक सरु अधिकारी र अभिभावक राजन सापकोटा लगायतलाई हस्तान्तरण गर्नुभयो ।

    राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रबन्धक अधिकारीले देवः बिकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा मानव सेवा आश्रममा आश्रितहरुलाई राहत पुगोस भन्ने उद्देश्यले १ लाख रकम बराबरको खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको बताउनु भयो । आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी रुपाले सहयोगापेक्षी बेसहारा मानवका लागि बैंकले प्रदान गरेको सहयोगको उच्च प्रसंशा गर्दै सबैको सहयोगले मानव सेवाको नमुना कार्य भएको उल्लेख गर्नु भयो ।

    images
    images
    images

     

     

    सो अवसरमा आश्रमका संयोजक सरु अधिकारी, अभिभावक राजन सापकोटा, दुर्गा पाण्डे, बैंकका कर्मचारीहरु संध्या रावल, रसुदा श्रेष्ठ लगाएतले मानव सेवा नै सबैभन्दा ठुलो कल्याण कार्य भएको चर्चा गर्दै बुटवललाई बेसहारा र सडक मानवमुक्त बनाउने सवालमा सरकार, स्थानीय संघसंस्था र बिभिन्न निकायहरुको भूमिका महत्वपुर्ण भएको बताउनु भयो ।

    यसअघि पनि सो बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आश्रमलाई ३ लाख रकम बराबरको भौतिक सामाग्री प्रदान गरेको बैंकका कार्यकारी निर्देशक बिजयबहादुर श्रेष्ठले बताउनु भयो । ब्यबसायिक उद्देश्य राखेको बैंकले आफ्नो नाफा रकम मध्येबाट सहयोगापेक्षी मानवहरुलाई आर्थिक भौतिक लगायतका सहयोग गर्दै आईरहेको र भविश्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले ब्यक्त गर्नुभयो ।

    images
    images
    • सोमवार, बैशाख २९ २०७७०५:३५:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij