बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रातारात चोर्छन नदिजन्य पदार्थ ,अति भए पछि सर्बसाधारणले दिए वडामा निबेदन

रातारात चोर्छन नदिजन्य पदार्थ ,अति भए पछि सर्बसाधारणले दिए वडामा निबेदन

images
  • 3.5K
    SHARES

  • images
    images
    images
    रातारात चोर्छन नदिजन्य पदार्थ ,अति भए पछि सर्बसाधारणले दिए वडामा निबेदन
    images
    images
    images

    जेठ ०१,देवदह।देवदहमा लकडाउनको मौका छोपेर रातभरी नदीजन्य पदार्थको तस्करी गरिएकोे छ । रातभरीका ट्रेक्टरका आवाजले सुत्न नपाएपछि टोलवासीहरुले देवदह नगरपालिकामा निवेदन दिएका छन ।

    आज देवदह वडा नं ७ स्थित यसोधरा टोल विकास समितीको अगुवाईमा रातभरी टेक्टर चलेर सुत्न पाइएन र तस्करी कार्य रोकि पाउँ भनेर नगरपालिकामा निवेदन दिएका छन ।

    images
    images
    images

    यसोधरा टोल विकास संस्था कि अध्यक्ष मैना आचार्यले सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन २०० जनाको हस्ताक्षर सहित बुझाएको बताईन ।

    स्थानिय गोपाल दुवेले राती १२ बजे देखि बिहान ४ बजे सम्म देवदह वडा नं ८ बनकित्ताको घोडाहाखोला किनारबाट नियमित बोकेको र त्यो माल बिहान वडा नं ७ वडा कार्यलय नजिक वडा अध्यक्ष पदम थापाको घर छेउमा डम्पींग हुने गरेको बताए । उनले हामीले यसबारे नगर प्रमुखलाई बिहान ८ बजे फोन गर्यौं । फोन गरेको आधा घण्टा भित्र त्यौ ठाउँबाट नदी जन्य पदार्थ खाली गराइएर देवदह ९ तिर लगेको हाम्रै आँखाले देख्यौं ।

    ज्ञापनपत्रमा देवदह घोडाहा खोलाबाट नदी जन्य पदार्थको अवैध निकासी रातीमा भएको र त्यसले गर्दा हामी स्थानिय बासिन्दा सुत्न नपाएको उल्लेख गर्दा उक्त कार्य बन्द गर्न उल्लेख गरिएको छ । उनीहरुले नगरपालिका, प्रहरी कार्यलय, रेज्जपोष्ट तथा बन कार्यलय,वडा नं ७का वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छ ।

    सूचना अनुसार देवदहका हरेक खोलाबाट विभिन्न पार्टीका युवासंगठनका अगुवाकै सक्रियतामा अवैध तस्करी जारी छ तर पार्टीका संगठनमा यसलाई न्यूनिकरण गर्ने कुनै कार्यक्रम छैन । युवाहरुलाई वैकल्पीक रोजगारी दिने योजना समेत छैन । नदी जन्य पर्दाथको बैज्ञानिक व्यवस्थापन र उत्खखनन गर्नेगरी नगरपालिका अगाडी आउन नसकेको उनले बताए ।

    देवदहमा घोडाहा, रोहीणि, कजरार जस्ता ३ मुख्य नदिजन्य श्रोत छन ।
    साभार

    images
    images
    • बिहिवार, जेठ १ २०७७०३:५८:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij