सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित

गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग

images
  • 219
    SHARES

  • images
    images
    images
    गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित
    images
    images
    images

    लुम्बिनी पाना । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा चेन्नईले गुजरातलाई ६३ रनले पराजित गरेको हो। चेन्नईको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो।

    चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो।
    गुजरातमा साई सुदर्शनले सर्वाधिक ३७ रन जोडे। ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे। डेविड मिलर २१, ऋद्धिमान साह २१, विजय शंकर १२ र अजमतउल्लाह ओमरजाई ११ रनमा आउट हुँदा उमेश यादव १० र स्पेन्सर जोन्सन ५ रनमा अविजित रहे।

    images
    images
    images

    चेन्नईका दिपक चाहर, मुस्तफिजुर रहमान र तुषार देश पाण्डेले २/२ विकेट लिए। डेरिल मिचेल र माथिशा पथिरानाको नाममा १/१ विकेट रह्यो।

    त्यसअघि एम ए चिन्दबरम स्‍टेडियम टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।चेन्नईका शिवम दुबेले सर्वाधिक ५१ रन बनाए। २३ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रले ४६/४६ रन बनाए।

    अजिक्य रहाणे १२, समीर रजवी १४ र डेरिल मिचेल २४ रनमा आउट हुँदा रविन्द्र जडेजा ७ रनमा अविजित रहे । गुजरातका राशिद खानले २ विकेट लिए। साई किशोर र स्पेन्सर जोन्सनले १/१ विकेट लिए।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij