सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह नगरपालिकामा आर्थिक बर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल

देवदह नगरपालिकामा आर्थिक बर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल

images
  • 408
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकामा आर्थिक बर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल
    images
    images
    images

    देवदह  । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि विनियाजन गर्ने बजेट, नीति र कार्यक्रमको बारेमा छलफल संगै सल्लाह तथा सुझाव संकलन गरेको हो। 

    पुर्व बजेट छलफल कार्यक्रमको नेपाल सरकारका पुर्व सचिव कृष्णहरी वास्कोटाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण गर्दै पुर्व अर्थसचिव वास्कोटाले कानुन र स्थानीय आवश्यकतालाई आधार मानेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले वडालाई दिने सिलिङ्ग कानुनी हिसावले गलत रहेकोले सिलिङ्गको माध्यमबाट होईन नगरमा गठन भएका विषयगत समितिको माध्यमबाट बजेट विनियोजन गर्न सकेमात्र नगरलाई समृद्धि तर्फ लैजान सकिनेमाजोड दिनु भयो । उहाँले नगरले ५ बर्षे योजना निर्माण गर्न आवश्यक रहेको औल्याउदै नगरको विकासमा जनप्रतिनिधि, कर्मचारीको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

    images
    images
    images

    पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिबाट आएका सुझावलाई आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति, कार्यक्रम र बजेट निर्माणमा समावेश गरेर जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

    नगर प्रमुख खरेलले नगरलाई समृद्धि बनाउनको लागि जनप्रतिनिधि, कर्मचारीको समन्वय, सहकार्य आवश्यक रहेको बताउदै सुशासन नगर बनाउनको लागि सवैले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले समृद्धि नगर बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी संगै नागरिकको पनि उत्तिकै दायित्व रहेको बताउनु भयो । 

    उहाँले जनप्रतिनिधि, कर्मचारीहरु जिम्मेवारीबाट भाग्न नहुने बताउदै विगतका कमीकमजोरीलाई सच्याउदै  जाने बताउनु भयो ।नगर प्रमुख खरेलले शिक्षा, स्वास्थ्य, कृषि संगै पर्यटनलाई प्राथमिकता दिएर आगामी बजेट निर्माण गर्ने दावी गर्नु भयो । नगर प्रमुख खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफना भनाई राख्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको स्वागत, नगर प्रवक्ता गणेश डुम्रे र रमेश गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij