बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भारत वाट आएका १६५ नेपालिलाई देवदह ल्याइयो ,नगरप्रमुख पुगे प्रवासी नेपालीलाई लिन

भारत वाट आएका १६५ नेपालिलाई देवदह ल्याइयो ,नगरप्रमुख पुगे प्रवासी नेपालीलाई लिन

images
  • 10.0K
    SHARES

  • images
    images
    images
    भारत वाट आएका १६५ नेपालिलाई देवदह ल्याइयो ,नगरप्रमुख पुगे प्रवासी नेपालीलाई लिन
    images
    images
    images

    जेठ०४ ,देवदह। रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन्।कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वारेन्टिनमा बसेका थिए।

    एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो। अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन्।दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेको बेलहियाका रामबहादुर बस्नेतले बताए।

    images
    images
    images

    आज स्वदेश फिर्ता भएका १६५ नेपालीलाई देवदहस्थित क्वारेन्टिनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।सीमा क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाई लिन पुगेका थिए।

    यसैबीच नेपालका विभिन्न क्वारेन्टिनमा बसेका १३२ भारतीय घर फर्केका छन्। स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो। शुक्रबार मात्रै भारतबाट २३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए।

     

    देवदहमा ल्याइएका १६५ जनालाई देवदह स्थित केरवानी स्कुलको अस्थाई क्वारेन्टाइनमा राखिएको देवदह नगरपालिकाका उपप्रमुख बिध्यलक्ष्मी गुरुङले जानकारी दिनुभयो ।

    images
    images
    • आइतवार, जेठ ४ २०७७०४:०१:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij