सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा जारी भलिबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न

देवदहमा जारी भलिबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदहमा जारी भलिबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न
    images
    images
    images

    चैत्र १६, देवदह । रुपन्देहीको देवदहमा संचालित वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार विभिन्न खेलहरु सम्पन्न भएका छन । स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवारको आयोजना र देवदह नगरपालिकाको सहयोगमा देवदह- ६ स्थित स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवारको कार्यालय परिसरमा भएको 
    प्रतियोगितामा चरेङ्गे भलिबल क्लव, सरनवारी भलिबल क्लव, न्यु देवदह भलिबल क्लव विजय हुदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

    प्रतियोगिता अन्तर्गत पहिलो खेलमा चरङ्गे भलिबल क्लबले चारपाला सुनवललाई २५–२२, २९–२७ को सोझो सेटमा हराउदै चरङ्गे भलिबल क्लब दोश्रो चरणमा प्रवेश गरेको हो । त्यसैगरी दोश्रो खेलमा सरनवारी भलिबल क्लवले देवदह ७ शितलनगरलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ ।सरनवारी भलिबल क्लवले २८–२६, १५–११ म दुई सेट जित्न सफल भएको थियो भने शितलनगरले २५–१९ अंक ल्याउदै एक सेट जित्न सफल भएको थियो । 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गतको तेश्रो खेलमा न्यु देवदह भलिवल क्लवले तिलोत्तमा–८, लाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा २५–१८, १५–१२ मा दुई सेट जित्दै न्यु देवदहह भलिवल क्लव दोश्रो चरणमा प्रवेश गरेको छ भने तिलोत्तमा २५–१८ मा एक सेट जित्न सफल भएपनि खेलबाट बाहिरीएको छ । त्यस्तै आजै सम्पन्न भएको पिडिखोला स्याङ्जा र मानपकडीबिच भएको खेलमा पिडिखोला स्याङ्जाले मानपकडीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। 

     

    प्रतियोगिताका विजेताले नगद ४१ हजार, उपविजेताले नगद ३१ हजार, तृतिय हुने टिमले नगद २१ हजार र सात्न्वना हुने टिमले नगद ७ हजार सहीत मेडल र ट्रफी प्राप्त गर्ने खेल संयोजक मिलन मास्की रानाले जानकारी दिनु भयो । 

    प्रतियोगितामा विद्यागत पुरस्कार समेत रहेको रानाले जानकारी दिनु भयो । प्रतियोगितामा रुपन्देही, पाल्पा, स्याङ्गजा, नवलपरासी जिल्लाका खेलाडीहरु सहभागि रहेको रानाले जानकारी दिनु भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij