सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह - ७ ले उचाल्यो वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी

देवदह - ७ ले उचाल्यो वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी

images
  • 474
    SHARES

  • images
    images
    images
    देवदह - ७ ले उचाल्यो वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी
    images
    images
    images

    चैत्र १८, देवदह । रुपन्देहीको देवदहमा संचालित वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी न्यु देवदह भलिवल क्लव देवदह–७, ले हात पारेको छ । स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजनामा संचालित भलिबल प्रतियोगिताको फाईनल खेलमा चरेङ्गे भलिवल क्लव देवदह–१०, लाई सोझो सेटमा पराजित गर्दै न्यू देवदह भलिवल क्लव देवदह–७, ले उपाधी हात पारेको हो । 

    फाईनल खेलमा चरेङ्गे भलिबल क्लव देवदह–१०, लाई २५–२२, २५–२३, २५–२३ को सोझो सेटमा पराजित गर्दै न्यु देवदह भलिवल क्लवले नगद ४१ हजार, ट्रफी प्राप्त गरेको छ ।  प्रतियोगितामा उपविजेता बनेको चरेङ्गे भलिवल क्लवले नगद ३१ ह्जार र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत भएको सेमिफाईनल खेलमा स्याङ्गजा पिढीखोलालाई पराजित गर्दै न्यु देवदह भलिवल क्लव देवदह–७ फाईनलमा प्रवेश गरेको थियो । 

    images
    images
    images

    यसैगरी चरेङ्ग भलिबल क्लवले देवदह–५, लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । स्याङ्गजा पिढी खोलालाई हराउदै देवदह–५, तृतिय भएको छ । खेलमा २५–२३, १५–१३, मा दुई सेट जित्दै देवदह–५, तृतिय हुदै नगद २१ हजार, ट्रफी प्राप्त गरेको छ । स्याङ्गजा पिढी खोलाले सान्त्वना स्थान प्राप्त गर्दै नगद ७ हजार प्राप्त गरेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिनु भयो ।

    प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृति गरिएको थियो । स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता भएको हो ।​
    विजेता तथा उप विजेता खेलाडीहरुलाई देवदह नगरपालिकाका उपप्रमुख कार्यक्रमका प्रमुख अतिथि विद्या लक्ष्मी गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष बिनोद गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij