लुम्बिनी पाना। जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिका स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि देवदह नगरपालिका र सुद्दोधन गाउँपालिका भिड्ने भएका छन् ।
बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा नगरपालिकालाई २५-२०, २५-२३ र २५-१७ को सोझो सेटमा पराजित गर्दै सुद्दोधन गाउँपालिका फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा कन्चन गाउँपालिकालाई २५-१३, २५-१२ र २५-१५ को सोझो सेटमा पराजित गर्दै देवदह नगरपालिका फाइनलमा प्रवेश गरेको छ। फाइनल खेल शुक्रबार हुने खेल संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार कप मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३५ हजार कप मेडल र प्रमाणपत्र एवं तृतीय हुने टिमले नगद २५ हजार कप मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १५ हजार कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij