जेठ०६,देवदह।स्थापना भएको छोटो समयमै चर्चा र लोकप्रियता कमाउन सफल सस्था भिजन देवदहले बिश्वमा फैलिरहेको महामारी रोग कोभिड १९ (कोरोना)संक्रमण रोकथामको लागि नगरपालिकालाइ सल्लाह सुझाब दिने साथै विपद व्यवस्थापन रोकथामको लागि सहकार्य गरि अगाडी बढ्ने निर्णय गरेको छ ।
जस अन्तर्गत भिजन देवदहका प्रतिनिधी र देवदह नगर प्रमुख हिरा बहादुर खत्री बिचको छलफलमा निम्न योजनाहरु तत्काल कार्यनय गर्ने सहमति भएको भिजन देवदहले गुरास मिडियालाई जानकारी दिएको छ ।
१. प्रत्येक वडा / टोलमा हुनु भएका स्वमसेविका/ सेवक / जनप्रतिनिधी प्रयोग गरि दिर्घरोगीलाई घर सम्मै औषधी बितरण गर्ने जस्ले गर्दा अस्पतालको भिडभाड र मानिसहरुको हिँड डुलमा नियन्त्रण हुने छ ।
२. संचार माध्यमबाट स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्ने ।
३. क्वारेन्टाईन मा राखिएका व्यक्तिहरुको आधारभूत आवश्यकता पुरा गर्ने ।
४ क्वारेन्टाईन मा राखिएका व्यक्ति हरुलाई साउण्ड सिस्टम / माईक जस्ता साधान प्रयोग गरि सुरक्षा , आवश्यक्ता र मनोबल बढाउने कार्यक्रम संचालन गर्ने ।
५. कोरोना का कारण मानसिक रोग को संम्भावना भएका कारण संचार माध्यम प्रयोग गरि ( एफ.एम / टेलिभिजन) जनचेतना मुलक र मनोवल बढाउने कार्यक्रम संचालन गर्ने लगायतको सहमति भएको भिजन देवदहले गुरास मिडियालाई जानकारी दिएको छ ।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij