जेठ ०७ ,देवदह।देवदहका जनप्रतिनिधि ,कर्मचारी ,संचारकर्मी तथा एम्बुलेन्स चालक र प्रहरीको स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले गुराँस मिडियालाई जानकारी दिनु भयो।
जनप्रतिनिधि ,कर्मचारी ,संचारकर्मी तथा एम्बुलेन्स चालक र प्रहरीको कोरोना स्वास्थ्य बिमा सामुहिक रुपमा जनरल इन्सुरेन्स कम्पनीमा गरिएको र कार्य क्षेत्रमा खटिरहने क्रममा कोरोना संक्रमण पुष्टी भए इन्सुरेन्सले एक लाख रुपैया दिने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले गुराँस मिडियालाई जानकारी दिनुभयो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij