सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथाले जित्यो खुल्ला एसईई छात्रा भलिबल प्रतियोगिताको उपाधी

सगरमाथाले जित्यो खुल्ला एसईई छात्रा भलिबल प्रतियोगिताको उपाधी

images
  • 466
    SHARES

  • images
    images
    images
    सगरमाथाले जित्यो खुल्ला एसईई छात्रा भलिबल प्रतियोगिताको उपाधी
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सञ्चालित खुल्ला एस.ई.ई २०८० महिला भलिबल प्रतियोगिताको उपाधी आयोजक विद्यालय सगरमाथा आवासीय मा.विले हासिल गरेको छ । ६ टिम सहभागी प्रतियोगिता बुधबार भएको फाइनल खेलमा  सगरमाथाले टिम चरङ्गेलाई १७-२५, २७-२४, १५-४ को सेटमा पराजित गरेको हो।

    उपाधि सँगै सगरमाथाले नगद ८ हजार र प्रति खेलाडी १० हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् । प्रतियोगितामा दोश्रो भएको टिम चरङ्गेले ६ हजार र प्रति खेलाडी ८ हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् भने तेश्रो भएको न्यु लुम्बिनी बोर्डिङ स्कुलले नगद ४ हाजर र प्रति खेलाडी ६ हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा सगरमाथा आवासीय मा.विको छात्रा उत्कृष्ट खेलाडी, टिम चरङ्गेको छात्रा निरु आले बेस्ट स्पाईकर, न्यु लुम्बिनी बोर्डिङ स्कुलको छात्रा बिमला मसराङ्गी बेस्ट डिफेन्डर, सगरमाथा आवासीय मा.विको सपना थापा बेस्ट सर्भर, टिम चरङ्गेको छात्रा सम्झना पल्ली बेस्ट सेटर र सगरमाथा आवासीय मा.विको सुजता राना बेस्ट कोच भएका छन् ।

    प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाले सगरमाथा विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बनाउदै आएको बताउनुभयो । उहाले नगरपालिकाले पनि खेलकुद विकासका लागि नगर खेलकुद विकास समिति बनाएर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आईरहेको बताउनुभयो ।

    प्रतियोगिता एस ई ई दिएर बसेका विद्यार्थीको बिचमा भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij