सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह घटना :जबरजस्ती करणी र हत्या अभियोगमा जाहेरी दर्ता ,आरोपित फरार

देवदह घटना :जबरजस्ती करणी र हत्या अभियोगमा जाहेरी दर्ता ,आरोपित फरार

images
  • 2.9K
    SHARES

  • images
    images
    images
    देवदह घटना :जबरजस्ती करणी र हत्या अभियोगमा जाहेरी दर्ता ,आरोपित फरार
    images
    images
    images

    जेठ १४ देवदह। १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ।

    दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा ।

    घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।
    भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।

    अधिकारकर्मीहरु विनोद पहाडी, गोविन्द बहादुर ठडराई, गणेश कुमार खाती, गोविन्द पंगेनी, अजय रौनियारको उपस्थितीमा पिडित परीवारले जाहेरी दर्ता गराएका हुन । मृतक किशोरीका आमा शान्ति पासीले जबरजस्ती करणी गरि छोरीको हत्या गरेको दावी सहित अभियोगमा दोषीलाई कानुनी कारवाहीको माग गनुभएको छ । २५ बर्षिय विरेन्द्र भर, उनकी आमा ५० बर्षिय अकाली भर र ५५ बर्षिय सितली भरलाई विपक्षी बनाई मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।

    शव पोष्ट मार्टम पछि परीवालाई जिम्मा लगाइएको छ । पोष्ट मार्टम रीर्पोट आउन बाकी भएको प्रहरीले बताएको छ । हत्या आरोप लागेका विरेन्द्र सहित परीवारका सबै सदहरु फरार छन । उनिहरुको खोजी कार्य भइरहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो।

    99374867_244055060251357_7189825689304956928_n.jpg

    images
    images
    • बुधवार, जेठ १४ २०७७०४:०३:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij