सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा १३ बर्षीय बालिकालाई बलात्कार गरि हत्या गरिएको पुष्टी

देवदहमा १३ बर्षीय बालिकालाई बलात्कार गरि हत्या गरिएको पुष्टी

images
  • 7.1K
    SHARES

  • images
    images
    images
    देवदहमा १३ बर्षीय बालिकालाई बलात्कार गरि हत्या गरिएको पुष्टी
    images
    images
    images


    जेठ १५ देवदह । देवदह नगरपालिका वडा नम्बर ११ मा झुण्डीएको अवस्थामा फेला परेकी १३ बर्षीय किशोरीको बलात्कार पछि हत्या भएको अनुसन्धान बाट क्ल्हुलेको छ
    आफूलाई जबर्जस्ती गर्ने केटाकै जिम्मा लगाइएपछि मृत फेला परेकी देवदह–११ की किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । शव पोस्टमार्टम गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार किशोरीको बलात्कारपछि हत्या भएको देखिएको हो ।

    ‘थप पुष्टि गर्न फरेन्सिक जाँच गर्ने तयारी गरिएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक हेमकुमार थापाले भने, ‘समग्र घटना पनि शंकास्पद देखिन्छ ।’ मंगलबार यहाँ गरिएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार भएको देखिएपछि थप पुष्टिका लागि फरेन्सिक जाँच गर्न नमुना काठमाडौं पठाइएको थापाले बताए ।

    images
    images
    images

    १३ वर्षीया अंगिरा पासी गत शनिबार अपराह्न गाउँनजिकै देवदह–२ स्थित रोहिणी खोला किनारमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । शुक्रबार राति घरबाट निस्केकी उनलाई खोज्ने क्रममा गाउँलेले कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्तीनजिकको खरियानमा भेटेका थिए । स्थानीयका अनुसार गाउँले पुगेर प्रश्न गर्न थालेपछि वीरेन्द्र भागे भने किशोरीलाई घरमा ल्याए । त्यसपछि किशोरीले ‘इज्जत’ फालेको भन्दै गाउँभेला गरिएको थियो । भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गर्‍यो ।

    शनिबार उज्यालो भएपछि वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा पुन: गाउँभेला गरियो । स्थानीय सुकुल पासीका अनुसार भेलामा एक सयभन्दा बढी स्थानीय सहभागी भएका थिए । उनका अनुसार वडाध्यक्ष सहभागी भेलामा धेरैले बोलेनन् । भेलामा वडाध्यक्षले बालिकालाई अब तिमी के गर्छौ भनेर सोधेपछि उनले ‘यसले (केटा) मेरो इज्जत बिगारिदियो, यसैसँग जान्छु’ भनेकी थिइन् । पीडित परिवार र स्थानीय बासिन्दाका अनुसार वडाध्यक्ष चौधरीले अंगिराको हात वीरेन्द्रलाई थमाएका थिए ।

    तर चौधरीले हात थमाएको कुरा स्वीकार गरेनन् । ‘शुक्रबार राति हात थमाइसकेका रहेछन्,’ उनले भने, ‘मलाई विवाह दर्ता गर्नका लागि दबाब दिएका थिए, कानुनले नमिल्ने भन्दै मैले मानिनँ ।’ समाजको कुरा काट्न नपाउँदै क्वारेन्टाइनबाट फोन आएपछि आफू बाहिरिएको उनले दाबी गरे । साँझ किशोरी झुन्डिएको खबर सुनेपछि आफू घटनास्थल पुगेको उनले बताए । आफूले यस्तो घटना होला भनेर कल्पना नगरेको उनको कथन छ ।
    रासस

    images
    images
    • बिहिवार, जेठ १५ २०७७०६:५८:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij