नेकपा देवदहद्वारा अपराधिलाइ तत्काल कारबाही गर्न आग्रह
नेकपा देवदहद्वारा अपराधिलाइ तत्काल कारबाही गर्न आग्रह
4.2K
SHARES
जेठ १५ देवदह ।देवदह ११ मा १३ बर्षीय बालिकालाइ बलात्कार गरि हत्या गरिएको प्रति नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदह नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।दोषीलाई तत्काल पक्राउ गरि कानुनि दायरामा ल्याउन आग्रह गरेको ( नेकपा ) देवदह नगर कमिटी प्रचार प्रसार सहसंयोजक बिष्णु ज्ञवालीले गुराँस मिडिया जानकारी भएको छ ।
प्रेस बक्तब्य
देवदह -११ बड्की गुम्बीमा मिति २०७७/२/१० गते भएको घटना बाट १३ वर्षे बालिका अंगिरा पासीको ज्यान जाने गरि भएको घटना प्रति नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदहको गम्भीर ध्यानाकर्षण भएको छ।जबर्जस्ती करणी पश्चात् भएको घटनाको कारण अबोध बालिकाले जीवन गुमाउने गरि भएको घटना निन्दनीय छ।उक्त घटनामा संलग्नहरुलाई यथाशीघ्र पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकाय संग जोडदार माग गर्दछौं ।सम्बन्धित वडाको जनप्रतिनिधिको भुमिकालाई लिएर समेत विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा सरकार ,जनप्रतिनिधि ,प्रहरी प्रशासन ,राजनीतिक दल,नागरिक समाज सबैले सभ्य समाज निर्माणको लागि सकारात्मक र कानुन एवम् न्यायसंगत भुमिका निर्वाह गर्नुपर्नेमा समेत ध्यानाकर्षण गर्दछौं ।देवदह -११ र रुकुम पश्चिममा हालै भएको घटनाको समेत छानबिन गरि अपराधीलाई यथाशीघ्र कारवाही गर्न अनुरोध गर्दछौ।कुनै पनि जाति,धर्म ,लिङ्ग ,विचार वा पदको अाडमा हुने अपराध क्षम्य हुन सक्दैन ।उक्त घटनामा मृत्युवरण गर्ने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै अपराधमुक्त सभ्य समाज निर्माण गर्न तथा पिडितलाई न्याय प्रदान गर्ने कार्यमा अावश्यक सहयोग गर्न सम्बद्ध निकाय लगायत सबैमा अपिल गर्दछौं । अध्यक्ष प्रकाश अर्याल , सचिव मन कुमार कनौजे नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदह नगर कमिटी