सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देही जित्यो "इन्टर रोट्रयाक्ट टि-१० क्रिकेट टुर्नामेन्टको उपाधि "

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देही जित्यो "इन्टर रोट्रयाक्ट टि-१० क्रिकेट टुर्नामेन्टको उपाधि "

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देही जित्यो  "इन्टर रोट्रयाक्ट टि-१० क्रिकेट टुर्नामेन्टको उपाधि "
    images
    images
    images

    तिलोत्तमा । रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देहीको आयोजनामा भएको इन्टर रोट्र्याक्ट टि-१०क्रिकेट टुर्नामेन्टको उपाधि रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही जित्न सफल भएको छ।१ सेमिफाइनल चरणको पहिलो खेल रोट्र्याक्ट क्लब अफ तिनाउ सिटी र रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही टिम (बि) बिच भएको थियो जसमा रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देहीलेले टस जितेर बलिङ रोजेको थियो।

    रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देहीकोको बलिङको सामना गर्दै रोट्र्याक्ट क्लब अफ तिनाउ सिटीका खेलाडी रुपेशले १७ रन, सगुनले १४ रन र अन्य खेलाडीको उत्कृष्ट ब्याटिङ प्रदर्शनले रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देहीलाई ५४ रनको लक्ष्य दिएका थिए।

    images
    images
    images

    उक्त लक्ष्यलाई रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देहीका खेलाडी केशव पौडेलले ९ बलमा १९ रन, सुवासले १९ रन र अन्य खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै सामान्य बलिङको फाइदा उठाउँदै उक्त गेम जित्दै फाइनलमा प्रवेश गरेका थिए।४ त्यसैगरी दोस्रो सेमिफाइनलको खेल रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही(ए) र रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही बीच भएको थियो। जसमा रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (ए) ले टस जितेर बलिङ रोजेको थियो।

    रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (ए) को बलिङ प्रदर्शनको सामना गर्दै रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही खेलाडी सम्राटले ५५ रन, विवसले ४९ रन सँगै अन्य खेलाडीको उत्कृष्ट प्रदर्शनले रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (ए) लाई ११५ रनको लक्ष्य दिएका थिए। उक्त लक्ष्य अहिलेसम्मकै सर्वाधिक लक्ष्य थियो।

    रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही दिएको लक्ष्यलाई रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (ए) का खेलाडीको खेलाडीको सामान्य प्रदर्शनले गर्दा २६ रन मात्र ल्याएका थिए।

    उक्त खेलको म्यान अफ द म्याच ८९ रनको लामो अन्तरले रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (ए) माथि जित हासिल गर्दै फाइनलमा प्रवेश गरेका थिए।

    फाइनल खेल रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) र रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही बीच भएको थियो जसमा रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) ले टस जितेर बलिङ रोजेको थियो।

    रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) को सामान्य बलिङ प्रदर्शनको फाइदा उठाउँदै खेलाडी सम्राटले ५० रन, सुरजले २७ रन, प्रदिपले १० रन र अन्य खेलाडीको उत्कृष्ट प्रदर्शनमा ४ विकेटको क्षतिमा ८२ रन ल्याउन सफल हुँदै रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) लाई ८३ रनको लक्ष्य दिएका थिए।

    ८३ रनको लक्ष्यलाई रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) का खेलाडी रेशम खड्काले ३४ रन र अन्य खेलाडीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि ६० रन मात्र ल्याएका थिए।

    रोट्र्याक्ट क्लब अफ तिलोतमा रुपन्देही (बि) माथि २२ रनको लामो अन्तरले रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही "इन्टर रोट्र्याक्ट टि-१०क्रिकेट टुर्नामेन्टको उपाधि जित्न सफल भएका थिए। टुर्नामेन्टको विजेता समूहलाई नगद रु १९ हजार ९९९ र उपविजेता टिमलाई १३,३३३ र सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेको थियो।

    रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही खेलाडी सुरज सारूले ६ विकेट लिन सफल हुँदै इन्टर रोट्र्याक्ट टि-१०क्रिकेट टुर्नामेन्टको बेस्ट बलर,सर्वाधिक १३० रन ल्याउन सफल हुँदै सम्राट थापा बेस्ट ब्याट्सम्यान र ६ विकेट सँगै ५० रन ल्याउन सफल हुँदै प्रदिप भण्डारी म्यान अफ द सिरिजको रूपमा पुरस्कृत भएका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij