असोज ९, देवदह । रुपन्देहीको देवदहमा असोज १८ गतेदेखि भलिबल प्रतियोगिता हुने भएको छ। आदर्श युवा क्लब देवदह ९ भलुहीको आयोजनामा दोस्रो आदर्श खुल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो।

"राष्ट्रिय खेलको विकास, स्वास्थ्यको लागि खेलकुद, नयाँ खेलाडीको प्रतिभा प्रस्फुटनका लागी खेलकुद" भन्ने उदेश्य सहित यहि असोज १८ गतेदेखि २१ गतेसम्म खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता संचालन हुन लागेको क्लबका अध्यक्ष धनराज भूर्तेलले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१,१५१, द्वितीय पुरस्कार ३११३१, तृतीय पुरस्कार ११,१११ मेडल, शिल्ड र प्रमाणपत्र रहेको खेल संयोजक दिवस सुनारले बताउनुभयो।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले २०८१ असोज १६ गतेसम्म नाम टिम दर्ता गर्न सकिने र टाईसिट प्रकाशनअसोज १७ गते गरिने संयोजक सुनारले जानकारी दिनुभयो।
साथै उत्कृष्ट विधाहरु बेस्ट स्पाइकर, सेटर, बेस्ट प्लेयर, ब्लकर, सर्भर लिब्रो र कोचलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।पराजुली हार्डवेयर मुख्य प्रायोजक रहेको खेल असोज १८ गतेदेखि २१ गतेसम्म संचालन हुनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij