सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा जिल्लास्तरीय टि-१० क्रिकेट प्रतियोगिता हुँदै

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा जिल्लास्तरीय टि-१० क्रिकेट प्रतियोगिता हुँदै

images
  • 385
    SHARES

  • images
    images
    images
    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा जिल्लास्तरीय टि-१०  क्रिकेट प्रतियोगिता हुँदै
    images
    images
    images

    निशान्त पाठक गुल्मी । गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वार्ड नम्बर ४ घ्यूबेसीमा स्टार-११ क्रिकेट क्लबको आयोजनामा खुल्ला जिल्लास्तरीय टि-१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

    स्टार-११ क्रिकेट क्लबले विगत तीन वर्षदेखि खेलकुद विकासको निम्ति र युवाहरूलाई खेलकुदमा जोड्ने उद्देश्यले यस्ता खालका प्रतियोगिताहरू नियमित गर्दै आइरहेको छ।

    images
    images
    images

    प्रतियोगितामा भाग लिनको लागि सहभागी टिमले दर्ता शुल्क बापत ४००० बुझाउनुपर्ने र असोज २८ गते उक्त शुल्क बुझाई टिम दर्ता गर्नुपर्नेछ।

    प्रतियोगितामा प्रथम हुने समूहलाइ क्रमश ६६,६६६, द्वितीय हुने समूहलाई ३३,३३३ रुपैयाँ र सिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने र प्रतियोगितामा म्यान अफ द म्याच हुनेलाई मेडलद्वारा सम्मान, म्यान अफ द सिरिज हुनेलाई नगद रु ३००० र सिल्ड, बेस्ट ब्याट्सम्यानलाई नगद रु १५०० र ट्रफी, बेस्ट बलरलाई नगद रु १५०० एवम् ट्रफी प्रदान गरिने उक्त प्रतियोगिताका संयोजक केशव पौडेलले बताएका छन्।

    प्रतियोगिता यही असोज २९ गते बिहान १० बजेदेखि रुरु क्षेत्र गाउँपालिकाको खेलमैदान रुरु ४ घिउबेसीमा सन्चालन हुने उक्त प्रतियोगिताका मार्गदर्शक रेशम खड्काले बताएका छन्

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij